शैक्षिक गुणस्तर बढाउन जाजरकोटमा पढाई मेला

जाजरकोट , घर, समुदाय तथा विद्यालयमा पढाई संस्कार प्रर्वधन गरी बालबालिकाको पढाई बानीको विकास गर्ने उद्देश्यले युरोपियन युनियनको सहयोगमा जिल्ला शिक्षाकार्यालय, भि. एस. ओ. नेपाल तथा आसमान नेपालद्धारा संयुक्तरुपमाजाजरकोटमा बहृत पढाईमेला आयोजना गरिएको छ ।

जाजरकोटबासीको उल्लेख्य सहभागिता रहेको उक्त मेलामानेपालीक्रियाकलाप स्टलकक्षा — १, नेपालीक्रियाकलाप स्टलकक्षा — २, नेपालीक्रियाकलाप स्टलकक्षा — ३, गणितक्रियाकलाप स्टलकक्षा — १, गणितक्रियाकलाप स्टलकक्षा — २, गणितक्रियाकलाप स्टलकक्षा — ३, नेपाली शैक्षिक सामाग्री स्टल, गणित शैक्षिक सामाग्री स्टल, घरमापढाई कुना स्टलतथा सृजनात्मकक्रियाकलाप स्टल गरी जम्मा १० वटा स्टलहरु राखिएको थियो । २ हजार जना भन्दाबढिले अवलोकन गरेको पढाईमेलामा जिल्लाका करिव ४० विद्यालयबाट कक्षा १ देखि ३ सम्मका ५५६ जनाविद्यार्थिले विभिन्न सिकाईमुलक क्रियाकलापमा भाग लिएर पुरस्कार जितेको थिए ।

मेलामा सहभागी भएका अभिभावक तथा सरोकारवालाहरुले जाजरकोट सदरमुकाममा यस्तो मेला पहिलोपटक लागेको र यस्ता पढाईमेलाहरुले बालबालिकाहरुको पढाई बानीको बिकास गरी शैक्षिक गुणस्तर बृधि गर्न महत्वपुर्ण भुमिका खेल्ने बताएकाछन् । उनिहरुले आफुले मेलाबाट सिकेका कुराहरु आफ्नो घर तथा बिद्यालयमा लागु गर्ने बताएकाछन् ।

मेलामाकक्षा १ देखि ३ सम्मगणित र नेपाली विषयसम्बन्धी शैक्षिक समाग्रीहरुको पनि बृहतप्रदशनी समेत भएको थियो । शिक्षकले निर्माण गरेका कम मुल्य पर्ने तथा मुल्य नैं नपर्ने नविनतम् शैक्षिक सामाग्रीहरु प्रर्वधन गरिएका थिए । पढाईमेला जाजरकोटमाविगत ३ बर्ष देखि सञ्चालनभइरहेको ‘सिकाईका लागिसिक्षण परियोजना’अन्र्तगतभएको हो ।