अयोग्य शब्द सुन्नासाथ आँखा रसाएर आउँछ

कति पीडा लुकाएर बाँच्नुपरेको छ थाह छैन !

अयोग्य शब्द सुन्नासाथ आँखा रसाएर आउँछ । पीडा लुकाएर बेग्लै जिन्दगी बाँच्नुपरेको छ” पूर्व लडाकु रिता लामिछाने भक्कानिदै भन्छिन् ।बारा डुमरवानाकी लामिछाने विगतलाई सम्झनै चाहानन भन्छिन् “अयोग्य भएर घर जानुभन्दा त नारायणी नदीमा हाम फालूँ कि जस्तै लागेकाे थियाे तर समय त्यस्ताे थिएन अलिअलि पार्टीकाे अाशा पनि थियाे  ।उनि भन्छिन अहिले पनि गाउँमा एकत माओवादी त्यसमा पनि अयोग्य भएकै कारण शब्द शब्दमा दुव्र्यवहार खेप्नुपरेको अवस्था छ ।” मान्छेहरूले माअाेवादीका कारणले मुलुकमा परिवर्तन भएकाे स्विकार्दैनन ।

उनी राज्यसत्ता चलाइरहेका नेताहरुले अयोग्यको विल्ला भिडाइ पूरै जिन्दगी नै वर्वाद बनाइ दिएको गुनासो पोख्छिन्  । अचानोको चोट खुकुरीलाई के थाँहा भन्दै  आफू अयोग्य ठहरिदा व्यक्त  गर्न नसिकिने पीडा भएको सुनाउछिन ।

“सिंगो देश परिवर्तन गर्ने नारा लिएर घर छोडें तर राज्य र नेताहरूका कमजाेरीका कारण अयोग्य भइयाे,उनि भक्कानीदै भन्छिन सबै पीडा लुकाएर बाँचेकी छु र पनि मनबाट पीडा हट्न सकेको छैन ।”

रिता अहिले काठमाडौंको बालाजुमा बस्दै आएकी छन् । उनी ०६१ सालमा भूमिगत भई तेस्रो डिभिजन शक्तिखोर चितवनको प्रताप स्मृति बिग्रेडमा खटिइन् । युद्ध र व्यारेकको कष्टपूर्ण जीवन आँखा वरिपरि छर्लंग रहेको बताउँदै रिताले सैनिक नियमअनुसार कुनै कुरामा पनि आफू अयोग्य नरहेको दाबी गर्दै राज्यले आफूलाई अयोग्यको बिल्ला भिडाएको आरोप लगाउछिन ।

उनी आक्रोशित बन्दै भन्छिन् “८ कक्षा पास नभएका नेता देश चलाउन योग्य हुने तर हामी प्लस टु पास गर्दा पनि अयोग्य ?” राज्यले हामीमा लगाएको दाग मेटाउनुपर्छ ।

१० वर्ष लामो जनयुद्धपछि  मुलुक शान्ति प्रक्रियामा अघि बढ्यो । युद्धरत माओवादी र तत्कालीन संसदवादी सात दलबीच १२बुँदे सहमतिपश्चात् माओवादी पार्टी युद्ध त्यागेर शान्ति प्रक्रियामा सामेल भयो । माओवादीका नेताहरुमा सत्ताको मोह बढ्यो, कार्यकर्ता भने छायामा पर्न थाले ।

त्यही हबिगत देखेर रिताले आफ्नो जीवनको गोरेटो परिवर्तन गरिन् । उनी सैन्य पृष्ठभूमि भएको परिवारसँंग वैवाहिक जीवनमा बाँधिइन् तर परिवारसंँग माओवादी पार्टीमा आवद्ध भएको कुरा हाल सम्म लुकाएर बसेकी छिन् ।

रिताको परिवारलाई उनी माओवादी त्यसमा पनि अयोग्य हुन् भनि श्रीमान बाहेक कसैलाई थाँहा छैन् । उनी हरेक पल आफू अयोग्य भएको खुलासा हुने डरले चिन्तामा छिन् । रिता विगतमा माओवादी भएको खबर परिवारले थाँहा पाए, उनलार्ई अर्को हिंसा थपिने संकेट प्रष्ट देखिएको रिताको भनाईछ । जसले गर्दा उनी आफैदेखि हिन्ताबोध छिन् ।

रिता प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि आक्रोश पोख्दै भन्छिन्“हाम्रो भविष्य विगार्ने प्रचण्ड हुन् । पार्टीलाई चाहिएको बेला सक्षम अर्थात योग्य हुने नचाहिएकाे बेला अयाेग्य हुने  । अयोग्यको भएर खाली हात घर फर्किनुको पीडा एका तिर  समाजको दुव्र्यवहार अर्कोतिर हामी त मर्नु न बाँच्नुको अवस्थामा पुगेका थियो ।”

‘जनताको मुक्ति’ का लागि भन्दै बन्दुक बोकेर जंगल पसेकी अर्का लडाकुको पीडा पनि फरक छैन । कैलालीकी ‘आस्था’ राज्यबाट भइरहेको दमन, शोषण अन्याय, अत्याचारका विरुद्ध युद्धमा होमिएकी थिइन् । उनी घरपरिवारको दुव्र्यवहार र यातनाका अगाडी अहिले कमजोर बनेकी छिन् ।

आस्था २०६१ सालमा माओवादी लडाकु बनेकी थिइन् । उनको दिदीको भिडन्तमा मृत्यु भइसकेको थियो । दिदीको मृत्युपछि उनी बदलाको भावनाले माओवादीमा प्रवेश गरेको बताइन् । ‘माओवादीमा जाने रहर त थिएन’ तर, दिदी गुमाएपछि पीडाका साथै जोस पलायो र लडाईमा होमिए ।

उनले२०६६ साल जेठमा मागि विबाह गरिन् । विवाहको पाँच महिनासम्म सबै कुरा ठिकै थियो । आर्थिक अवस्था कमजोर भएको कारण श्रीमान विदेशिएपछि उनको जीवनमा पहिरो आयो । विहेअघि श्रीमानसंग आफ्नो विगतबारे जानकारी गराएकी आस्थालाई विहेको केही महिना मै श्रीमानको व्यवहार फरक भयो ।

श्रीमान कतारमा काम गर्न गएपछि घरका अरु सदस्यले उनीमाथि दुव्र्यवहार गर्न थाले, कुटपिट, गाली गलौज हुन थाल्यो’ आफूलाई परिवारका अरु सदस्यले ‘यो माओवादी हो, योसँग बन्दुक छ ।’ यसरी दुव्र्यवहार खेप्न बाध्य भए ।

त्यतिवेला उनी पाँच महिनाकी गर्भवती थिइन् । सासुससुरा, नन्दको सँधै दुव्र्यवहार र कुटपिट सहन नसकी उनी माइत फर्किन् । ‘के गर्नु लडाईंमा लडे जस्तो घर व्यवहारमा हुँदो रहेन छ’ आँशु झार्दै उनले भनिन् ।

उनको श्रीमानले अर्को विहे गरेपछि अहिले माइतमा एउटी छोरीको लालनपालनमा दिन खर्चिरहेकी छिन् । ‘मेरा लागि अहिले न श्रीमान आफ्नो भए, न पार्टी नै अब आफ्नै लागि लडानु परेको छ’, उनले भनिन् ।

साथीहरूकाे पिडा पनि उस्तै 

सरकार र माओवादीबीच २०६३ साल मंसिर ५ गते बृहत शान्ति सम्झौता भएपछि माओवादी लडाकु समायोजन प्रक्रियामा अघि बढ्यो । माओवादी लडाकुलाई क्यान्टोनमेन्टमा राखियो र हतियारहरू कन्टेनरमा । सेना समायोजन प्रक्रियामा लडाकु मध्ये धेरैले स्वेच्छिक अवकास रोजे । आस्थाले पनि अरु सहकर्मी झैं स्वेच्छिक अवकास नै रोजिन् ।

उनी सरकारबाट दुई किस्तामा लिएको रकमले अहिले जीवनयापन गर्न सहज भएको बताइन् । एक मुठि चुउँरा खाएर लडाई लड्न अगाडी बढेकी अर्की लडाकुको पीडा पनि उस्तै छ । उनी रुकुमको खारामा तिन दिन सम्म भोकभोकै लडाई लडेर घाईते बनेकी हुन् ।

कालिकोट ३ रुपसाका हिउचुली हाल काठमाडौंको बलाजुमा डेरा गरि बसेकी छिन् । उनी ११ वर्षको उमेरमा माओवादी पार्टीमा होमिन पुगिन् । दाई माओवादी भएको कारण राज्यबाट सम्पूर्ण घर परिवार डमनमा परेको उनले बताईन् । माओवादी बन्ने उनको रहर थिएन । तर त्यतिबेला राज्यले उनलाई माओवादी बन्न बाध्य परयो । उनी कक्षा ५ मा श्री जनता उच्च माविमा अध्ययन गर्थिन् । स्कुल जाँदा आउँदा पुलिसले उनलाई छेकबार गर्ने, पिट्ने, बेला बेला डर त्रास दिईरहेकोले पार्टीको सरण लिन बाध्य भएको बताईन् ।

उनको घरमा आगो लगाएर सबै समान नष्ट गरिए पछि उनी २०५८ साल जेठ ४ गते माओवादी पार्टीको पूर्णकालिन सदस्य भईन् । पहिला पहिला उनी जन सांस्कृतिक परिवारमा रहेर काम गरिन् । पछि उनी जनमुक्ति सेनाको पश्चिम डिभिजन कमाण्ड जनार्दन शर्माको नेतृत्वमा विभिन्न लडाईमा प्रत्यक्ष सहभागि भईन् ।

उनी ढाडमा टेकेर टाउकोमा हान्ने तिन महिने शैन्य अभियानमा सहभागि हुदै कैलालीको खिमडी, रुकुमको खाडा, सिदुपाल्चोकको चौटारा, मकवानपुरको झुरझुरा लगायत दजानौं लडाईमा सहभागी भइन् । लडाईको क्रममा त्रेरै पटक एम्बुसमा परे घाइते भएकी बताउदै उनी हाल सम्म छर्रा पगाल्ने औषधी सेवन गरिरहेकी बताईन् ।

२०६२ सालमा उनी जनमुक्ति सेनाको तेस्रो डिभिजन शक्तिखोरमा कम्पनी कमाण्डार थिईन् । उनी आफै शैन्य प्रशिक्षक भएर तेस्रो डिभिजनमा शैन्य तालिम चलाउन सफल भईन् । तर सेना समायोजनको क्रममा शैक्षिक योग्यता नभएको कारण उनी सम्मान जनक स्थान पाउने ठाउँ नदेखेपछि स्वऐच्छिक अवकाश लिन बाध्य भएको बताइन् ।

उनको टाउको बन्दुकको गोलीको छर्राले भरिएको छ । डाक्टरको भनाई अनुसार झिक्न नि मिल्दैन । घाममा पोल्छ, जाडोमा कंग्रियर दुख्छ । छर्राको दुखाईले बारम्बार जनयुद्धको झझल्को दिइरहन्छ ।

उनी आफ्नै सहकर्मीसंग बैबाहिक जिवनमा बाधिएको बताउदै श्रीमान पनि अवकाश नै रोजेको बताईन् । समाजको तृस्कारलाई पचाउदै आफ्नै दुनियामा रमाईरहेको बताउछिन् उनी । ‘पढ्ने उमेरमा पार्टीले बुजुवा शिक्षा भन्यो कमाउने उमेरमा योग्यता विनाको रोजगारी छैन, देशलाई मुक्ति दिने भनेर होमिएका हामी आफै मुक्त हुन सकेका छैनौ ।’

उनी भन्छिन्  समाजमा सम्मान जनक जिवन बाँच्न पाएको महशुस कहिलै गरिनन् ८ लाख तिरेर दुवई पलायन भएका श्रीमान ४ महिना भईसक्यो काम नपाएर अलपत्र परेका छन् ।पछिल्लो अवस्थामा नेकपा माओवादी पार्टी भित्र गुटबन्दी विभाजनको कारण आफूहरु निराश भएर ततस्थ बसेको उनको भनाई छ ।