रक्तदान जीवनदान भन्दै दुर्इ नेपाली युवा बिश्व साइकल यात्रामा

काठमाडाैँ,रक्तदान जीवनदान भन्ने नाराका साथ पर्वत पाङराङ निवासी भेष बहादुर कडेल(गँणेश कडेल) र झापा कन्काइ नगरपालीका निवासी युवराज मैनाली विश्व साइकल यात्रामा निस्केका छन ।

बिशेष गरी २०७२ बैशाख १२ गते गएको बिनाशकारी भुकम्पमा घाइते भएका मानिसहरुलाई उपचारका क्रममा रगतकाे अभावका कारण ज्यान गुमाउनु परेकाे भन्दै रक्तदान जिवनदान भन्ने नाराका साथ साइकल यात्रा सुरू गरेका हुन । उनिहरूले भारत, बंगालादेश, श्रीलंका, म्यानमार,मलेसिया, थाइल्याण्ड, सिंगापुर लगायतका देशहरुमा यात्रा सफलतापुर्वक सम्पन्न गरिसकेका छन । 

संसारको कुनै पनि देशमा प्राकृतिक विपतिमा परेर होस या कुनै दुर्घट्नामा परेर घाइते भएका मानिसको उपचारमा रगतको अभावकै कारण कसैको ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ साइकल यात्रा सुरु गरेको साइकल यात्री द्वयले बताएका छन ।

नेपाल गरीव र कमजोर देश भएपनि नेपालीहरुले अाँट र साहस गरिब नभएकाे भन्दै उनिहरू यात्रामा निश्किएका हुन । उनिहरूले नेपाललाई मात्रै होइन पुरा विश्वलाई नै माया गर्ने सन्देश बाेकेर यात्रा निश्किएकाे बताएका छन । 

संसारका सबै मानिस जाती कोही पराइ नभइ सबै दाजुभाइ रहेको र कसैले कसैलाई पराइ नठानी भाइ भाइको व्यवहार गरेमा कहिँ कतै झै झगडा नहुने र सुन्दर शान्त विश्व कायम रहने सन्देश पनि रहेको उनिहरुले बताएका छन ।