माअाेवादी निकट सामनाकी केन्द्रिय कलाकार म्यादी प्रहरीमा रुँदै परेड् खेल्दै ,

भन्छिन् –गद्धारहरुको कारण हाम्रो अवस्था यस्तो भयो

‘हुनेछ जनताको जित आउनेछ सुनौलो विहानि
पार्नेछौ सपना साकार वन्नेछ गरिवको सरकार’
‘पुर्वमा लालि छाउदै छ
गरिवको दिन अव आउदैछ ’

कुनै बेला यस्तै यस्तै गितहरूमा खुब नाचिरहेकी हुन्थीन् । कलाकार उषा जिसी मरे सहिद हुने बाँचे सिंगाे संसार जित्ने’ सपना बाेकेर युद्धमा लागेकी उनकाे सपनाहरूकाे  यतिबेला खिल्ली उडिरहेकाे छ । अाफुलार्इ अाफनै नेताहरूले दिएकाे मानशिक यातना र बिचारकाे यातनाले मरेतुल्य बनाएकाे छ ।यतिबेला  तत्कालिन नेकपा(माओवादी)का पुर्व छापामार र माओवादी कार्यकर्ताहरुको विचल्लि सहिनसक्नु छ। माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जनयुद्धका अन्य कमाण्डरहरु चिल्ला कार र हेलिकप्टरमा चढेर देश विदेशमा यात्रा र करोडौका वंगलामा सुखसयल सहित जिवनयापन गररहदा उनिहरुसंगै जनयुद्ध लडेका कार्यकर्ता भने आफ्नो विगतलाई धिक्कार्दै मुक्तिको सपनालाई खुम्च्याएर पुरानै समाजमा पुर्नस्थापित हुने प्रयत्नमा छन्।

हिजो प्रचण्ड वावुरामको नेतृत्वमा जस–जसलाई दलाल भनेर भाटे कारवाहि गरियो आज पार्टी प्रवेश गराएर तिनै पृष्ठभुमिका मान्छेहरु स्थानिय तहको निर्वाचनमा उठाउन तल्लिन छन्। भने प्रचण्डको निर्देशनमा उनिहरुलाई भाटे कारवाहि गर्ने पुर्व छापामारको दैनिकि ज्यालादारीमा वितिरहेको छ।

‘हुनेछ जनताको जित, आउनेछ सुनौलो विहानि– पार्नेछौ सपना साकार वन्नेछ गरिवको सरकार’,
पुर्वमा लालि छाउदै छ, गरिवको दिन अव आउदैछ

यिनि गितहरुले यतिबेला माअाेवादी नेताहरूलार्इ गिज्याइ रहेकाे जस्ताे लाग्छन । माअाेवादी निकट कलाकारहरूकाे समुह सामना सांस्कृतिक परिवारले मञ्चमा गाएर कम्व्याक ड्रेसमा नृत्य देखाएपछि वरपर झुमिएका जनतालाई दिएकाे अासा सपना जस्तै भएकाे छ ।  नेताहरु जनतालाई मुक्ति, समाजवाद, साम्यवाद र जनवादका सपनाहरु देखाउथे। जनताका छोराछोरीलाई मृत्यु–मुक्तिको लडाईमा लाग्न ढाडस दिन्थे। निजि जिवन भन्दा सामुहिक र सामाजिक जिवनको खुवै वकालत गर्थे। आज तिनि कलाकार कहाँ होलान ? न पार्टिलाई चाहिएको छ न त खोजेको नै छ। तिनिहरु मध्यकि एक हुन आंखामा आसु लिएर म्यादि प्रहरिमा परेड खेलिरहेकि पुर्व सामना सांस्कृतिक परिवारकि केन्द्रिय कलाकार उषा जिसि–

२०५७ सालदेखि माओवादी आन्दोलनमा लागेकि अछाम जिल्लाकाे ढुंगाचाल्ना गाविस वर्डा नं ५ कि उषा जिसि तत्कालिन माओवादीको सांस्कृतिक संगठन सामना सांकृतिक मञ्चकि केन्द्रिय कलाकार हुन। दाई विम्म र दिदि गिता पनि माओवादीको जनमुक्ति सेनामा रहेकाले उनि पनि देश र जनताकाे मुक्तिको सपना देख्दै युद्धमा लागिन।

तत्काल युद्धको समयमा होस वा शान्तिप्रक्रिया पछिको समय उषाका अधिकांस दिन सर्वहारा वर्गको मुक्तिको सपना देखिएका गित संगित गाउन र तिनै गितमा नाच्नमै व्यतित हुन्थे। ‘आमा, म हजारौ आमा र ति आमाका हजारौ हजार सन्तानहरु र यो देशको मुक्ति लिएर फर्किन्छु!’ भनेर घरवाट २०५७ सालमा आफ्ना जन्मदिने आमा वावुको काख छोडेर दाई दिदिको हात समाउदै घरवाट निस्केकि उषा अहिले आफ्नो जिविकोपार्जनका लागि म्यादि प्रहरिमा तालिम लिईरहेकि छिन्। सामान्य जिवन निर्वाहको निम्ति संघर्ष गरिरहदा उनमा आक्रोसको सिमानै छैन।

कल्पना भन्दा बाहिरकाे जिवन बिताइरहेकाे महशुस गरिरहेकी उनले  तपाईले आफ्नो विगतलाई संझिदा कस्तो महसुस गर्नुहुन्छ ? भन्ने प्रश्नमा  भनिन्– “हेर्नुस जिवन यसरी पनि चल्दो रहेछ। जो कि कल्पना पनि थिएन मेरो । जनताको मुक्ति र राष्टको मुक्ति गर्ने सपना नेताहरुले देखाउदा आफ्नो सारा जिवन त्यागेर हिडियो। सवै जनता समान होलान र समान अवसर प्राप्त गर्लान भन्ने सुन्दर सपना थियो। तर गद्धारहरुले हाम्रो सपना, हामि संगै हिडेका हजारौ कमरेडहरुको रगत, घाईते साथिहरुको सरीरका अंग र वेपत्ताहरुको सपना सिंहदरवारको कुर्सिमा पुग्न वेचे। आज हाम्रो विचल्लि भैरहेको छ।”

भुमिगत जिवनको १० वर्षपछि २०६७ सालमा जनयुद्धमा रेडियो पत्रकारीता गरेका अर्जुन जिसिसंग विवाह गरेकि उषा त्यसको १ वर्ष पछिसम्म पनि सामनाको केन्द्रिय टिममै पुर्णकालिन कार्यकर्ताको रुपमा काम गरिन। जिवनका उर्वर र उर्जासिल १० वर्ष क्रान्ति र परिर्वनको नाममा नेतृत्वले देखाएका गगनचुम्बी सपनाहरुमै विते।

अहिले उनिहरुको काखमा यौटा छोरो ‘अमिर’ छ। मृत्यु या मुक्तिको सपनालाई विर्सेर पुरानै समाजमा पुर्नस्थापित वन्न उनिहरुलाई निकै पिडा भएको छ। उनले भनिन् “हेर्नुस ति दिनमा हामि हाम्रो निजि जिवनको लागि लागेकै भएपनि आज एक ठाउमा पुगिन्थ्यो। देश र जनताको मुक्ति नै हुन्छ भने ठिकै छ एकवारको जिवन क्रान्तिमै लगाऔं भनियो। तर आज नेताहरुको गद्धारीले यो अवस्था आईपुग्यो। विगतका दिन र नेताहरुले देखाएको आश्वासन संझिदा ग्लानि भएर आउछ।

उषा माओवादी आन्दोलनलाई सांस्कृतिक क्षेत्रवाट यौटा उचाईमा पुर्याउन अग्रणि भुमिका निर्वाह गरेको जनवादी कलाकारहरुको सामना सांस्कृतिक परिवारकि केन्द्रिय कलाकार हुन । प्रचण्ड सहभागि थुप्रै कार्यक्रमहरुमा जनताको मुक्तिका थुप्रै गितहरुमा नृत्य प्रदर्शन गरेको विगत अहिले पनि उनको मानसपटलमा ताजै छ।

२०५६ सालमा भुमिगत भएका राजेन्द्र राउत क्षेत्रिको दाहिने आंखानै छैन। सिराहाको लाहानमा आंखा गुमाएका उनि अर्घाखाचिको सन्धिखर्क, दाङको सतवरिया र रुकुमको खारामा पनि घाईते भए। दर्जनौ ठाउका लडाईमा सहभागि भएका उनले विगत संझदा नेताहरुमाथि आक्रोस चढेर आउने वताउछन्।

“हिजो संसदिय व्यवस्था खसिको टाउको वाहिर झुण्डाएर कुकुरको मासु वेच्ने थलो हो। यो दलाल हरुको व्यवस्था हो। जनताको वास्तविक मुक्ति जनवाद र वैज्ञानिक समाजवादमा मात्र संभव छ भनेर हामिलाई प्रशिक्षण दिन्थे। उनिहरुकै निर्देशनमा हामिले रगत वघायौं र सरीरका अंगहरु गुमायौं। तर आज तिनि नेताहरुले हाम्रो त्याग र वलिदानिलाई वेचेर सत्तामा पुगेर त्यहि व्यवस्थाको रक्षाका लागि जनयुद्धका सहयात्रिमाथि पुलिस लगाएर दमन गरिरहेका छन्।” उनले मलिन अनुहार लगाउनदै भने “क्रान्तिमा लागेको मान्छे यतिसम्म गद्धार वन्छ र सहयात्रिको विरुद्धमा यति निच काम गर्छ भन्ने त कल्पनासम्म पनि थिएन। तर, ठिक छ उनिहरुसंग जवाफ एकदिन अवश्यै फर्काउने छौं।”
उनिहरु त पुर्व लडाकु र छापामारको अवस्था कस्तो छ भन्ने उदाहरण मात्र हुन।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशको प्रधानमन्त्रि भईरहदा देशैभर जनयुद्धवाट फर्किएका पुर्व माओवादी छापामार, लडाकु र जनयुद्धका कलाकारहरु समाजमा कष्टकर जिवन विताईरहेका छन। माओवादी शान्तिप्रक्रियामा फर्किएको पनि ११ वर्ष भईसक्यो। तर, समाजमा राम्रोसंग पुर्नस्थापित हुनु त टाढाको कुरा भो जिवन निर्वाह पनि सहज र सम्मानपुर्वक गर्न नसक्दा उनिहरुको दैनिकी आजपनि कष्टकर छ। माओवादी अध्यक्ष प्रचण्ड सरकारकै नेतृत्वमा स्थानिय तहको निर्वाचन सम्पन्न हुदैछ। निर्वाचनको नाउमा उनले दिनानुदिन पुलिस प्रयोग गरेर जनयुद्धका सहयात्रि माथि दमन गरिरहेका छन्।

प्रचण्डले आयोगमा दर्ता भएका दललाई निर्वाचन चिन्ह नदिएर पञ्चायतको झल्को मेटाएका छन् भने शान्तिपुर्वक सार्वजनिक कार्यक्रममा प्रहरि परिचालन गरि आफ्नै जनयुद्धका सहयात्रि र जनताको मुक्तिको निम्ति मृत्यु स्विकारेर युद्धमा होमिएका सहयात्रिमाथि दमन गरेर राणाकालको झल्को मेटाएका छन। विगतमा प्रचण्डले भनेको ‘खसिको टाउको झुण्डाएर कुकुरको मासु वेच्ने’ संसदिय व्यवस्थाको रक्षाका लागि माओवादीले पनि चुनावका लागि घोषणा पत्रको तयारीमै लागिरहेको जनाएको छ। पछिल्लो समयमा सवै पार्टिले विकास र समृद्धिको कुरालाई उठाईरहदा जनयुद्धवाट फर्किएको माओवादीले यसपालि के के ऐजेन्डा ल्याउला? भन्ने निकै चासो छ।

शान्ति र संविधानको स्थायित्वको निम्ति स्थानिय निर्वाचन होईन जनताको जनजिविकामा परिवर्तन र श्रमजिवि जनताको मुक्ति अनिवार्य छ। निर्वाचनको नाउमा प्रचण्डले आफ्नै सहयात्रि माथि गरेको दमनलाई स्वतन्त्र नागरिक समाजले पनि आश्चर्यजनक रुपमा हेरेका छन्। संसदिय व्यवस्थामा पनि केहि स्थान लिएर सत्ताको स्वाद चाख्नु छ भने माओवादी केन्द्रले युद्धको पृष्ठभुमिवाट आएका पुर्व माओवादी र छापामारको समाजमा वलियो रुपमा पुनस्र्थापनामा तत्कालिन माओवादीका कमाण्डर एवं प्रधानमन्त्रि पुष्पकमल प्रचण्डले विशेष ध्यान दिनु जरुरी छ। अन्यथा १० वर्षसम्म परिवार र समाज त्यागेर युद्धमा लागेका जनमुक्ति सेना र माओवादीका पुर्णकालिन छापामारको वन्दुक चलाउने सिपले मुलुकलाई कुन वाटोमा डोर्याउछ भन्न नसकिने अवस्था छ।