पाकिस्तानी प्रधानमन्त्री सरिफविरुद्धको भ्रष्टाचार आरोपमा विस्तृत् जाँच गर्न आदेश

 एजेन्सी, पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरिफलाई पदबाट हटाउनुपर्ने भ्रष्टाचारमा मुछिएको प्रमाण फेलानपरेको फैसला गरेको छ ।

अदालतले बिहीबार उनीविरुद्ध लागेको भ्रष्टाचारको आरोपमा भने संयुक्त जाँचबुझ टोलीबाट अनुसन्धान गर्न पनि आदेश दिएको छ । सन् २०१५ को बहुचर्चित ‘पनामा पेपर लिक्स्’कान्डमा सरिफको परिवार पनि मुछिएको थियो ।

पनामा लिक्स् मामिलामा प्रधानमन्त्री सरिफ र उनका परिवारको विदेशमा रहेको खाता र व्यापारको विषयमा प्रश्न उठेको थियो । उनका चार छोराछोरीमध्ये तीनजना यस कान्डमा जोडिएका थिए । सरिफ र उनको परिवारले भने आरोप अस्वीकार गरेका छन् ।