सगरमाथा उचाइ नाप्ने तयारी

काठमाडौं, सगरमाथको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने भने पनि सरकारले आगामी साउन पछि आफै नाप्ने गरी तयारी थालेको पाइएको खबर आजको नेपाल समाचरपत्रमा छ ।

त्यसका लागि टोकनका रुपमा अर्थ मन्त्रालयसँग १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ ।

सगरमाथाको उचाइ संयुक्तरुपमा पुन नाप्नका लागि भारतले नेपालसँग केही दिनअघि प्रस्ताव राखेको खबर सार्वजनिक भएपनि यसबारे आफूलाई केही जानकारी नभएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए ।