निजी विद्यालयहरुले बढी शुल्क लिएको भेटिए कारबाही गरिन्छ – मन्त्रालय

काठमाडौं, शिक्षा मन्त्रालयले निजी विद्यालयहरुले नियमावलीले तोकेकोभन्दा बढी शुल्क लिएको भेटिए कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार हामीसँग कुरा गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले शिक्षा नियमावलीले तोकेको शुल्कसम्बन्धी ३२ ओटा मापदन्डभन्दा बाहिर गएर बढी शुल्क लिएमा कारबाही गर्ने बताएका हुन् ।

विद्यालयको भैतिक संरचना, सुविधालगायका विषय फरक हुने हुँदा सबै विद्यालयलाई एउटै शुल्कको दर भने तोक्न नमिल्ने उहाको भनाइ थियो ।

निजी विद्यालयहरुको संगठन एन प्याप्सनका अध्यक्ष कर्णबहादुर शाहीले वैज्ञानिक शुल्क निधारण गर्नका लागि संशोधित शुल्क निधारण मापदन्ड निर्देशिका गत फागुनमा मन्त्रालयमा बुझाइसकेको भन्दै समयसापेक्ष शुल्क लिन पाउनुपर्ने तर्क गरे । ललितपुर जिल्लाका १९५ ओटा निजी विद्यालयले ८३ प्रतिशतसम्म शुल्क बढाएको भेटिएको छ ।