जाजरकाेट घटनामा अाराेपित कार्यकर्ता तत्काल रिहा गर्न माग

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी पार्टीको भातृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवकले जाजरकोट हत्या काण्डमा आफ्ना कार्यकर्तालाई मुछिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनका केन्द्रीय अध्यक्ष झक बहादुर मल्लले आइतबार एक बिज्ञप्ति प्रकाशित गर्दै घटनामा बिना प्रमाण आफ्ना नेता कार्यकर्तालाइ फसाउने सड्यन्त्र भएको भन्दै कडा आपत्ती प्रकट गरेका छन् । उनले अाफना नेता कार्यकर्तालार्इ तत्काल रिहाइ नगरे कडा संघर्षमा उत्रने चेतावनी सकेत दिएका छन । 

मल्ले  बिज्ञप्ति मार्फत  भनेका छन् । चैत्र १५ गते जाजरकोट पाचतारा युवा संरक्षण मञ्चका अध्यक्ष रवि समशेर शाहको अज्ञात समूहद्वारा भएको हत्याको विषयलाई लिएर पूर्वाग्रही ढंगबाट नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिएको छ । केहीलाई पक्राउ पुर्जी जारी गरी अनावश्यक श्वेतआतंक सिर्जना गरिएको छ । उनले भनेका छन् ‘सत्ता भनेको विरोधीलाई दवाउने हतियार भएको कुरा विगतका धेरै घटनाक्रमहरुले पुष्टी गरिसकेको यथार्थ नेपाली जनतासामु लुकेको छैन ।’

उनले आफ्ना निर्दोश कार्यकर्ताहरुलाई विना सर्त यथाशिघ्र रिहा नगरी आफ्नो संगठनको आग्रहलाई बेवास्ता गरिए कडा संघर्षका थप कार्यक्रमहरु ल्याउन बाध्य हुने र उत्पन्न परिस्थितिको जिम्मेवार सरकार आफैं हुने चेतावनी दिएका छन् ।