यस्तै हुन्छ अर्काको नाममा ट्रायल दिँदा..

काठमाडौं ,अर्काको नाममा सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने व्यक्ति पक्राउ परेका छन् ।

मीनभवनस्थित यातायात व्यवस्था विभागको प्रांगणमा दुई पाङ्ग्रे सवारीका लागि ट्रायल दिन आएका दिलीप गिरी पक्राउ परेका हुन् । सीतापाइला राकमोटका १९ बर्षीय गिरी राजेन्द्र वनको नाममा ट्रायल दिन आएका थिए । आजको कान्तिपुरमा खबर छ ।