परराष्ट्रमा २४ करोडकाे अनियमितता

कुन शीर्षकमा हुन्छ बढी अनियमितता ?

काठमाडौं ,परराष्ट्र मन्त्रालयमा बार्षिक करोडौं रुपैयाँ अनियमितता हुने गरेको खबर आजको नागरिकमा छ । पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै बर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो ।

महालेखा परिक्षकको कार्यालयले तयार पारेको आर्थिक बर्ष २०७२/०७३ को प्रतिवेदनमा अनियमितता औंल्याइएको छ । उत्त आवको लेखा परिक्षण गर्दा ४१ करोड ४६ लाख ४७ हजार रुपैयाँ बेरुजु देखाइएको छ । बेरुजुमध्ये करिब २४ करोड अनियमितता भउको प्रतिवेदनमा उल्लेख छ ।