निर्वाचनप्रति कठोर बन्दै मोर्चा,
काठमाडौं, मधेसी मोर्चा सम्मिलित संघीय गठबन्धनले नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सरकारले संसदमा दर्ता गराएको नयाँ संविधान संशोधन विधेयकको विरोधमा गठबन्धनले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी वैशाख ५ गतेदेखि चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।आन्दोलनत गठबन्धनले आम हड्तालसहितका विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार काठमाडौं अनामनगरस्थित संवाद डबलीमा बसेको मोर्चाको बैठकले आफ्ना मागका बारेमा सरकार उदासिन रहेको आरोप लगाउँदै सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको हो।
सरकारले हालै दर्ता गरेको संबिधान संशोधन प्रस्ताव अधुरो र त्रुटिपूर्ण मात्र नभै विगतमा मोर्चासंग भएको सहमतिविपरित भएको प्रवक्ता डा.ओम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । उसले माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै कडा आन्दोलनका कार्यक्रम बनाएको हो।
उपेन्द्र यादव, राजेन्द्र महतो महन्थ ठाकुरलगायत मोर्चाका शीर्ष नेताको सहभागितामा तय भएको आन्दोलनका कार्यक्रमहरुमा बन्द हट्ताल ,आमसभा, मसाल जुलुस, लाठी जुलुस प्रदर्शन लगायत रहेका छन् । मोर्चाले आफ्नो बैसाख ५ देखि २७ गतेसम्मको आफ्नो कार्यक्रम सार्वजनिक गरेको छ ।
संविधान संशोधनलगायत विभिन्न माग राखेका मोर्चाले चैतसम्म सरकारलाई माग पूरा गर्न अल्टिमेटम दिँदै माग पूरा नभए दीर्घकालीन आन्दोलनमा उत्रिने चेतावनी दिएको थियो ।
हेर्नुहोस् विज्ञप्ती