नक्सा पासै नगरी राष्ट्रपति निवास !

काठमाडौं , राष्ट्रपति भवन परिसरमा बनेको नयाँ राष्ट्रपति निवास कानुनविपरीत निर्माण भएको खुलासा भएको छ । भवन निर्माण गर्दा काठमाडौं महानगरपालिकाबाट नक्सा पासको स्वीकृति अनिवार्यरुपमा लिनुपर्ने भए पनि राष्ट्रपति कार्यालयले आफूखुसी भवन निर्माण गरेको हो ।

संविधान कार्यान्वयन गर्ने निकायबाटै नक्सा पास नगरी भवन निर्माण गर्नुका साथै शहरी विकास तथा भवन निर्माण विभागले गर्नुपर्ने डिजाइनसमेत कन्सल्टेन्तीमार्फत् गराइएको पाइएको छ ।

नियमानुसार राष्ट्रपतिको निवास र निर्माणको काम शहरी विकास विभागले गर्नुपर्ने थियो । तर, राष्ट्रपति कार्यालयले विभागलाई जानकारी नै नदिई कन्सल्टेन्सीमार्फत डिजाइन गर्नुका साथै भवन निर्माणका लागि ठेक्कासमेत आफैंले गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।