राष्ट्रपति भण्डारी भारत र श्रीलंका जाने

काठमाडौं, नेपाल भार दुवै मुलुकले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको तयारी भएको जनाउँदै मिति र भ्रमण तालिका सावैजनिक गरेका छन् ।

भण्डारी आगामी बैशाख ४ देखि ८ गतेसम्म ५ दिने राजकीय भ्रमणमा भारत जाँदै हुनुहुन्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।भ्रमणका क्रममा उहाँले भारतीय समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत भारतीय उच्च अधिकारीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच राष्ट्रपति भण्डारी अर्को महिना श्रीलंका भ्रमणमा जानुहुने भएको छ । श्रीलंकाका राष्ट्रपतिको औपचारिक निमन्त्रणामा उहाँ आगामी मे महिनाभित्र श्रीलंका भ्रमणमा जाने बताइएको छ ।