उस्तै उस्तै

कविता

लेखक

गूनियो चोलीमा सजिएर चिटिक्कै परी
चुल्ठीमा तिम्लाई सजाउने धोको पुरा भएन
जब डोलीमा राज गराएर पराईलाई सुम्पि दिए
नि यो हात तेस्पछि त तिमीलाई स्पर्श गर्न पाईन ।

ए गुराँस …….

ओठमा तिम्रो रङ्गले पोतेर त्यो पाखो नै
रित्तो रित्तो बनाउने धोकै पुरा भएन
बर्षौ बिते छ हेर त तिम्रो मन मोहक
आगनिमा लडिबुडि गर्न नपाएको ।

ऊफ……..

कञ्चटमा केश पाकी सक्यो हेर न
अनुहारमा चाउरीपनका धर्साहरुले
आकार लिनै थाले हेर्दा हेर्दै ।

ए गुराँस…….

जिन्दगीको उत्तरार्धमा प्रवेश गरे पछि
त अचम्म हुदो रे छ जिवनको बोझलाई
विश्राम दिएर चिर निन्द्रालिन हुन मन लाग्ने ।

कठै……..

त्यो दिन फर्केर आईदिए
कस्को के जान्थ्यो र है ?
नियम नै यस्तै रे क्या
तिमी पनि त ओईलिएर झर्छौ नि है
फुल्नु ओईलिनु अनि झर्नु कतिले
कुल्चदा कुल्चदै निलडाम भै सक्छ हगि
कति दुख्छ होला तिमीलाई ।

ए गुराँस ………

हर चिजको बेला हुदो रहेछ
जब तिमी मस्त बैंशमा फुलेर
आफ्नो मोहिनीरुपले बैंशको
उन्मादले मातिएको भँवरालाई
आफ्नो वशमा पार्छेउ नि तेति
बेला तिम्रो जवानिमा रमाई रहेको
त्यो लोभी भँवरा जब चैतको रापिलो
घामले ओईलिए की तिमी, तिम्रो समिप जान
रुचाउदैन तिमीलाई हेर्न नि चाहदैन है ।

ए गुराँस……..

हेर न …..
म पनि आज तिमी जस्तै ओईलिएको
भान भैरहेछ यो आलस्यपन अब यो
सफर यतिकै टुङ्गिदै छ क्यारे
तिमी र म मा केहि अन्तर भेटीन
तिमी पनि ओईलिएर माटो मै झर्छौ
अनि बिलिन हुन्छौ पनि र म पनि यो
देह त्यागी माटो मै बिलिन हुन्छु
सदाकोलागी ।।