यस्ताे छ आइजिपिमा अर्याल नियुक्त भएपछि सिलवाल र चन्दको प्रतिकृया

काठमाडौं, सरकारले नेपाल प्रहरी प्रमुखमा डिआईजी प्रकाश अर्याललाई नियुक्त गरेसँगै आइजिपिका प्रत्यासी नवराज सिलवाल र जयबहादुर चन्द दुवैले आ–आफ्नो धारणा व्यक्त गरेका छन् ।

यस्ताे छ जयबहादुर चन्दकाे प्रतिक्रिया 

डिआइजी जयबहादुर चन्दले प्रकाश अर्याललाई आइजीपी बनाउने सरकारी निर्णयको स्वागत गरेका छन्। डिआइजी चन्दले सरकारले गरेको निर्णयमा आफ्नो नकरात्मक प्रतिक्रिया केही नभएको बताए।

सरकारले उनलाई यसअघि गत माघ २९ गते आइजीपीमा नियुक्त गरेको थियो । सर्वोच्च अदालतले उनलाई आइजीपी नियुक्त गर्ने सरकारी निर्णय बदर गरेपछि उनी आइजी बन्नबाट रोकिएका थिए।

नवराज सिलवाल भन्छन

वरिष्ठताका आधारमा आफु प्रहरी प्रमुख हुनुपर्ने दावी गर्दै सर्वोच्च पुगेका नवराज सिलवाल पुनः एकपटक अदालतको ढोका घचघच्याउने भएका छन् । डिआईजी सिलवालले आफूमाथि अन्याय भएको भन्दै अब अन्तिम लडाईं लड्ने बताएका हुन् । यसअघि सरकारले चौंथो वरियतामा रहेका डिआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि सिलवाल अदालत पुगेका थिए । सर्वोच्चले चन्दको बढुवा कार्यन्वयन नगर्न निर्देशन दिएको थियो ।

कार्यसम्पादन मूल्यांकनको फाइलमा झेल भएको भन्दै सिलवालले असन्तुष्टि जनाएका छन् । उनले कार्यसम्पादन मूल्यांकनको फाइलमै दुई नम्बर घटाएर आफूलाई पछि पारिएको दाबी गरे । ’म कानुनी सर्वोच्चताका लागि पुनः लड्छु,’ उनले भने ।