गजल

कति दुःख दिने हो मलाई देला केही छैन
आफ्नै त हो नसम्झेनी नसम्झेला केही छैन ।

म यो बगरमा खेत बनाएर अन्न फलाउँछु
हलो समाउँदा दुखेनी हत्केला केही छैन ।

म कदापी बिर्सने छैन मेरो प्यारो देशलाई
देशले मलाई बिर्से पनि बिर्सेला केही छैन

मलाई देश बदल्ने दर्शन सिकाई दिनुहोस्
हजुर मेरो गुरु म बनौला चेला केही छैन ।

यो दीप पनि त एकदिन निभेर जाने नै हो
हे भगवान जति खेलाउछस् खेला केही छैन ।।

जाजरकोट