भाेट मागेकाे भन्दै युवासंघका उपाध्यक्ष तमाङद्वारा अाफ्नै नेतामाथि कुटपिट

बाँके, काेहलपुर स्थानिय निर्वाचन नजिकिदै गर्दा  युवा संघ बाँकेका उपाध्यक्ष राजु तमाङको समुहले एमाले नेता मंकर वहादुर रोकायालाई कुटपिट गरेका  छन् । मकर थापा एमालेका स्थानिय नेता समेत हुन ।  कोहलपुरको रामजानकी स्कुल अगाडी मतदाता सँग भेटघाट र भाेट मागिरहेकाे अबस्थामा तामाङले झापड हान्दै कुटपिट गरेका हुन् । भाेट माग्ने बिषयमा भएकाे सामान्य बिवादले उग्र रूप लिँदा हातहालाहालकाे स्थतिमा पुगेकाे हाे ।

तामाङ  आफुले सो क्षेत्रमाा टिकट पाउने बताउँदै रोकायालाई  मतदाता सँग भेटघाट नगर्न चेतावनी दिँदै आईरहेको समयमा उनले हातपात गरेका हुन् ।  बाँके युवा संघले भने तामाङ संगठनकाे निति र सिद्धान्त बिपरित अराजक ब्यवहार गरेकाे बताएकाे छ । युवा संँघ बाँकेका अध्यक्ष किशाेर थापाले संगठनकाे निति र बिधि बिपरीत गर्ने अधिकार कसैलार्इ छैन । उनले भने याे संगठनले अाबश्यक छानबिन गर्छ ।