निजी बिद्यालयको शुल्कमा मनपरी

शिक्षा कार्यालय भन्छ अनुगमन गरीरहेका छौँ

 नया शैक्षीक सत्र सुरु हुनै लाग्दा निजी क्षेत्रका बिद्यालयहरूले आफु खुसी शुल्क लिइरहेको पाइएको छ । सरकारले तोकेको मापदण्ड बिपरीत मनोमानी ढंगले शुल्क लिदा सर्बसाधारण मारमा परेका छन । नया शैक्षीक सत्र बैशाख देखि सूरु हुन्छ तर यहा बैसाख नलाग्दै अधिकांश निजी बिद्यालयहरुले प्रवेश परीक्षा र भर्न लगिहाल्छन । किन यति हतारो हुन्छ निजी क्षेत्रका बिद्यालयहरुलाई अनौठो छ । काठमाडौका थुप्रै निजी बिद्यालयहरु यतिबेला बिभिन्न बहानामा शुल्क ह्यात्तै बडाएर लगिरहेका छन । सरकारले निजी क्षेत्रका बिद्यालयहरुलाई श्रेणी छटयाएको छ ।

क,ख ग र घ श्रेणीअनुसारको शुल्क छ तर श्रेणीअनुसारको सरकारले छुटयाएको शुल्क कतै लगेको देखीदैन । अधिकतम क श्रेणीका बिद्यालयहरुले त्यस्तै मध्यामीक तहमा ३ हजार ६ सय ७५ सम्मा लिन सकिने प्राबधान छ । तर निजी क्षेत्रका बिद्यालयहरुले त्यसको डबल लिने गरेका छन शिक्षा कार्यलयमा शुल्क बिबरण पेस गर्दा मापदण्ड अनुरुप गरेपनि अबिभावकसंग लिदा मनपरी ढंगले लिने निजी बिद्यालयलको प्रबृती रहेको अबिभावकको गुनासो छ । उनिहरु भन्छन । निजी बिद्यालयले मनपरी ढंगले लिने गरेका छन ।

अविभावकले सरकारी निकायमा लिखीत उजुरी दिने प्रचलन नहुदा कस्ले कहा कसरी कुन बहानामा खान्छ एकीन नहुने देखीन्छ ,हाल काठमाडौमा मात्र १ हजार १सय ८५ निजी बिद्यालयहरु छन । सामुदायीक बिद्यालय २ सय ८१ छन । त्यती धेरै निजी क्षेत्रका बिद्यालयको अनुगमन ब्यबस्थीत नहुदा समास्या बडेको प्रस्टै देखीन्छ ।तर जिल्ला शिक्षा कार्यलय निजी बिद्यालय बिभाग प्रमुख सुर्यराज घिमेरे भने अनुगमन भैरहेको भनेर बताउछन । उनि भन्छन अभिवाकको खासै गुनासो आउदैन । हामी पनि अनुगमण गरीरहेका हुन्छौ । यदी मापदण्ड बिपरीत शुल्क लगेको पाइएमा कारवाही हुन्छ ढुक्क रहनुस ।

निजी तथा संस्थागत बिद्यालय संचालन तथा ब्यबस्थापन निर्देशीका र शुल्क निर्धारण सम्बन्धी निर्देर्शीकाको अधिनमा रही बिद्यालय भर्न शुल्क लिन सम्बन्धीत निकाय हरुले निर्देशन मात्रै हैन कडाइका साथ अनुगमन गर्न जरुरी छ । बढी शुल्क लिने बिद्यालयहरुलाई कारवाहीको दायरामा ल्याउन आबश्यक छ ।