गजल

खुलम खुल्ला उ आउन चाहेन
आयर तिमीलाई गुमाउन चाहेन ।

यावत उल्झनका फेहरिस्त लेखेर
चिट्ठीमा सब चिज बताउन चाहेन ।

घरदेशमा बालबच्चा भोकै राखेर
खर्चेर प्रदेशमा अघाउन चाहेन ।

मृत्यु रोज्यो यादहरुको नसाले
पिउन छाडेन र सताउन चाहेन ।।

– 
बिरेन्द्रनगर,सुर्खेत
हाल,दुबई