गजल
प्रकासित मिति : २०७३ चैत्र २८, सोमबार १०:१८
प्रकासित समय : १०:१८
खुलम खुल्ला उ आउन चाहेन
आयर तिमीलाई गुमाउन चाहेन ।
यावत उल्झनका फेहरिस्त लेखेर
चिट्ठीमा सब चिज बताउन चाहेन ।
घरदेशमा बालबच्चा भोकै राखेर
खर्चेर प्रदेशमा अघाउन चाहेन ।
मृत्यु रोज्यो यादहरुको नसाले
पिउन छाडेन र सताउन चाहेन ।।
–
बिरेन्द्रनगर,सुर्खेत
हाल,दुबई