जस्ताेसुकै परिस्थितिमा पनि नेपाली सेना सजग र सक्षम छ

सुर्खेत – प्रधानसेनापति राजेन्द्र क्षत्रीले मातृभूमिमा आँच आउने गतिविधिहरु भएमा नेपाली सेना चुप लागेर नबस्ने बताएका छन् । आजको कान्तिपुरमा खबर छ ।

मध्यपश्चिमको भूतपूर्व सैनिकहरुको सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उनले संकट समाधान गर्न सेना हरबखत तयारी अवस्थामै रहने बताए । मातृभूमिको रक्षा गर्न नेपाली सेना सदेव तयार छ उनले भने, बदलिँदो परिस्थितिमा सेना सजग र सक्षम अवस्थामै छ ।