बैंकक उड्नु अघि ओलीले भने- स्थानीय चुनाव एकै चरणमा

काठमाडौं,प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने बताएका छन् । सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले मधेसी मोर्चा सहमतिमा आए दुई चरणमा भएपनि चुनाव गर्ने विकल्पबारे छलफल गरिरहेका बेला एमालेले बैशाख ३१ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न हुनु पर्ने बताएको हो ।

स्वास्थ्य उपचारका लागि शनिबार बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष ओलीले चिकित्सकहरुको सल्लाह अनुसार नै आफू बैंकक जान लागेको बताए । अध्यक्ष ओलीले किड्नी प्रत्यारोहणपछि बैंककमा गएर यसको नियमित उपचार गराउँदै आएका छन् ।