संयोग हो या योजनाबद्ध चैत २४ मा देखिएको होटल सोल्टीको त्यो तड्क भड्क

संयोग हो या अरूकेहि त्याे जानकारहरूलार्इ थाह हाेला तर ११ वर्ष अघि नेपालबाट राजतन्त्रले विदा लिदा मुलुक नयाँ अध्यायमा प्रवेश गरेको दिन राजधानीकाे एक पाँचतारे हाेटलमा पुर्व राजाले गणतन्त्र नेपालकी राष्ट्रपतीलार्इ बाेलाएर ठुलै तडकभडकका साथ  भाेज समाहाेह अायाेजना गरेका छन  । नाति हृदयन्द्रकाे ब्रतबन्धकाे अबसरमा गरिएकाे उक्त भाेज एक हप्ता पछि जनअान्दाेलन दिवस कै दिन पारेर गरिनु संयाेग मात्र नभइ याेजनबद्ध हुनसक्ने राजनितिक बृतमा चर्चा चलेकाे  छ ।

राष्ट्रपती र पुर्वराजा एकसाथ

अफना नातिकाे ब्रतबन्धकाे भाेज त्याे पनि एक हप्ता पछाडि जनअान्दाेलनकै अबसर पारेर गरिनु सामान्य ढंगले हेरिएकाे देखिदैन । मुलुकमा  ११ वर्ष पहिले चैत २४ गते दोश्रो जनआन्दोलन सुरु भएको भएको थियो । दश बर्षे सशस्त्र बिद्राेहकाे जगमा भएकाे १९ दिने जनआन्दोलनले मुलुक गणतन्त्रमा प्रवेश गरेको थियो । तर ११ बर्ष पछि आएर पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्ना नाति हृदयेन्द्र शाहको ब्रतबन्धको भोजकाे बहानामा फेरी अाफनाे छुटै तडक भडक देखाएका छन । उक्त तडक भडकमा राष्ट्रपतिदेखि लिएर दलका नेताहरुलाई उपस्थीत भएका छन  चैत २४ को संयोग जुरेको यो दिनलाई लिएर राजनितिक बृतमा फेरी चर्चा परिचर्चा  व्यापक हुन थालेकाे छ  ।

राष्ट्रपति र राजा एकसाथ

बिहीबार सोल्टी होटलको तडकभडक बेग्लै देखीन्थ्यो । झट हेर्दा अनाैठाे रंग दिने जात्रामा प्राय दौरा सुरुवालमा सजिएका राजखलकहरुको उपस्थिती थियो । मन्त्री देखी राजनितीक दलहरुका नेताहरु सम्माको उपस्थीती रहेको भोेजमा झल्को सामान्ती पाराको देखीन्थ्यो । उच्च अाेहदाका ब्यक्ती र उच्च सरकारी अधिकारीहरुको उस्थीती रहेकाे भाेजमा चहल पलह ठाँटिलाे थियाे ।  राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्रको ब्रतबन्ध(भोजमा सहभागी हुन सोल्टी होटलमा पुगिन  । ताेकिएकाे समय भन्दा केहि ढिलाे पुगेकी राष्ट्रपतिलार्इ स्वागत गर्न तैनाथ थिए ।

पुर्व युवराज पारस र हिमानी राष्ट्रपतिलार्इ सावगतकाे लागि कुरीरहेकाे अबस्थामा

पुर्व युवराज पारस र हिमानी उनिहरू यसरी संगै उभिएकाे पनि संयाेग थियाे या बहाना त्याे जानकारहरूलार्इ थाह हाेला ,तर सोल्टमिा आयोजीत भोजमा राष्ट्रपति लगायत बिभिन्न राजनैतिक दलका नेताहरु उच्च सरकारी निकायका अधिकारीहरुको समेत उपस्थीतीले राजनितिमा बेग्लै तरंग फैलाएकाे छ । भोजमा उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापा ,एमाले नेता तथा पुर्ब सभामुख सुवास चन्द्र नेवाङ मधेसी मोर्चाका नेता राजेन्द्र महतोदेखि लिएर मन्त्री एवं विभिन्न दलका नेताहरु सहभागी भएका छन् ।

खालीखुटै भाेजमा एक नेता ज्यु

पूर्वराजाका नातिको ब्रतबन्ध एकसाता अघि नै अर्थात बैशाख १७ निर्मल निवासमा सम्पन्न भएको थियो । सो ब्रतबन्धको भोज एकसातापछि बिहीबार सोल्टी होटलमा आयोजना गरिएको थियाे । यसअघि शीतलनिवासमा राष्ट्रपतिकी छोरीको विवाहमा ज्ञानेन्द्रले निम्तो मानेका थिए । त्यसैको पैंचो तिर्न राष्ट्रपति पूर्वराजाका नातिको ब्रतबबन्धमा पुग्नु भएको बताइएको छ सामाजिक सुधार ऐनअनुसार विवाह ब्रतबन्ध जस्ता कार्यहरुमा तडक भडकसाथ मनाइएको छ ।

गफिदै राष्ट्रपति र राजा

चैत्र २४ गते बिहीबार ।११ वर्ष अघि मुलुक तत्कालिन राजा ज्ञानेन्द्र शाह र राजसंस्था अन्त्यको नारासहित देशभर विशाल जनसागर उर्लिएको दिन । अहिले चैत्र २४ गते बिहीबारकै दिन पारेर काठमाडौँमा पूर्व राजा शाहले नाती हृदयेन्द्रको व्रतबन्धको भोज राखेको दिन पनि संयोग वश बिहिबार नै परेको छ ।

गफिदै भाेजमा पुगेका पुर्व सभामुख सुवास नेवाङ र नेता राजेन्द्र महताे

यो भोजमा सबै भन्दा आकर्षक दृश्य थियो, जनताको माझबाट प्रमुख बनेकी महिला राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राजा शाहको भेट । हुन त केहि महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा पूर्वराजा राष्ट्रपतिको निमन्त्रणामा शीतल निवास प्रवेश गरेका थिए । जसलाई केहिले निकै राम्रो मानेका थिए, त कतिले यसलाई गलत समेत ठहराएका थिए । बिहीबार पुनः पूर्वराजाको विशेष निमन्त्रणामा राष्ट्रपति भण्डारी भोजमा सरिक भए ।

पर्खाइमा राप्रपा अध्यक्ष कमल थापा

पूर्वराजा शाह र राष्ट्रपति भण्डारीको झण्डै १ घण्टा लामो भेटघाटले समेत यो भनाईलाई पुष्टि गर्छ । तर, ११ वर्ष पहिले आफूविरुद्ध सुरु भएको आन्दोलनकै दिन सबैलाई भोजमा बोलाएर पूर्व राजा शाहले त्यो इतिहासको समेत सबैलाई झल्को दिएका छन् । कुनै बेला राजाले देशको विकासमा तगारो बनेको, मधेशलाई अवहेलना गरेको दोष लगाउने दलका नेताहरु मध्ये धेरैको कार्यक्रममा उपस्थिति थियो । मधेश केन्द्रित दलका नेताहरुको पनि कार्यक्रममा उपस्थितिले पूर्व राजा प्रति दलका नेताहरुको सोंच फेरिएको हो कि भन्ने भान परेको थियो ।  संयोग, प्रयोजन वा एक सामान्य भोज । जसले जसरी अर्थ लगाउन पनि सक्लान् । तर, जसरी पूर्व राजाको समय समयमा आउने वक्तव्यले राजनीतिक दलहरुलाई झकझक्याउने गर्छ, त्यसरी नै यो भोजले पनि अनुमान र आकलनको खेतीलाई थप बढाएको छ ।

राष्ट्रपतिकाे पर्खाइमा हिमानी र पारस