वरिष्ठ नभएकाे झाेकमा निधिको राजीनामा

काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपप्रधानमन्त्रीमध्ये वरिष्ठतम भएको संकेत दिएपछि आक्रोशित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारीमा छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीलाई गृह मन्त्रालयमै बोलाएर अनोपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषद्मा बस्न नहुने निजी फैसला सुनाएका थिए ।