ललितपुर महानगरपालिकामा एमालेबाट हरिकृष्णा ब्यन्जनकारकाे दावी

ललितपुर,गाँउ – गाँउमा चुनावी सरगर्मी बडिरहेका बेला राजधानीकाे अर्काे महानगरपालिका ललितपुरमा पनि चुनावी माहाेलले छाेएकाे  छ । चिया चाैतारी देखी भटी पसलहरूमा चुनावी चर्चा चलिरहेका बेला ललितपुरमा चुनावी माहाेलले तताएकाे छ । ललितपुर महानगरपालिकामा  नेकपा एमालेका जिल्ला अध्यक्ष हरीकृष्ण ब्यन्जनकार अाफै उम्मेदवारी दिने मनाेकाँक्षा रहेका पाइएकाे छ ।

ललितपुरमा एमालेलार्इ जिताउन अाफु बिगत देखि नै क्रियाशिल भएकाेले जित्ने निश्चित भएकाे समेत दावी गरे । ब्यन्जनकार एमालेकाे याेग्य उम्मेदवार भएकाले जनताले उनलार्इ नै राेज्ने निश्चित भएकाे एक कार्यकर्ताले जानकारी दिए । उनले भने ब्यन्जनकार  ललितपुरकाे समग्र बिकासकाे लागि परिचित उम्मेदवार हुन । तर एमालेले भने अहिले सम्म उम्मेदवारहरूकाे नाम तय गरीसकेकाे छैन ।

 नेपालमा करिब दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनको सरगर्मी उच्च अवस्थामा पुगिसकेो छ । निर्वाचन आयोगले बैशाख ३१ गते स्थानिय निकायको निर्वाचन हुने जानकारी गराएलगत्तै उम्मेदवारहरु तछाडमछाड गरि राजनितिक पार्टीहरुमा ‘लबिङ’ शुरु गरिसकेका छन् । नेपालभरिकै नगरपालिकामा चुनावी रौनक छाइरहदा राजधानीसंगै गाँसिएको  ललितपुरमा पनि चुनावी राैनकले छाएकाे छ ।