म्यादीमा जागिर खान खोज्दा खोरमा

काठमाडौं ,रौतहटको एक दलित युवक म्यादी प्रहरीमा जागिर खान किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गुजरा गाउँपालिका १ का २० बर्षीय महेश माझी मुसहर किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका हुन् ।

चैत १६ गते चन्द्रनिगाहपुरबाट लिएको नागरिकता नक्कली भएको भन्दै महेशलाई चैत १७ गते प्रहरीले पक्राउ गरेको हो । गरिब परिवारका कक्षा ११ मा पढ्दै गरेका महेशलाई पढाई अगाडि बढाउन र वृद्ध आमाको पालन पोषण गर्न पैसाको अभाव थियो ।