मजदुर

कविता

………….
आँसु भित्र कहलिएका खुसीहरु सँग
हास्न नमानीरहेका यी ओठहरु लाई
कहिले सम्म म सुमसुम्याइ रहु
खुसीहरु त कैयौं
त्यो मेरो सानो खर को छानो भित्रै दौडिरहेका थिए
आफै खुसी खोजेर भौतारीने
म एक अभाग्यमानी मजदुर हु
खुसीकै रहरमा दौडिएको
रहरै रहरले यो सहरमा भौतारीएको
करिब ३ वसन्त का फुलहरु फुलिरहदा
मन भित्र को हरियाली यो तन लाई
एकहोरो बनमाराहरु ले मेलै सँग काटिरहदा
ऐया,,,, पनि भन्न नपाउने आवाजलाई
म आफै आफ्नै सुरुमा बोल्न सकिरहेको छैन ।

यस्तो लाग्छ ।
लगाम लगाएको घोडा जस्तै म एक जनावर हु !
मान्छे हुनु को स्पर्श कहिल्यै गर्न सक्ने छैन ।
हो त्यही मजदुर हु हजुर म त्यही मजदुर ।

एक छाक खान लाई त त्यही पहरा सुन्दर थियो ।
एक सरो लाउन लाई त उहीँ आमा को पुरानो धोती काफी थियो ।
धन कमाउन लाई मन बन्धक राख्ने म !
कल्पना कै संसारमा आफू फेरिएको हेर्ने ।
म कस्तो घुर्त मजदुर !
अब के गरु भनिदिनुहोस् न ए हजुर …… !

बाहिर हेर्दा उज्यालो ले भरिएका ती कोमल किरणहरु लाई
यी आँखा ले हेर्न पटक्कै मानिरहेको छैन
उ… त्यहा उज्यालो निस्क्यो ल हेरौ भन्न लाई
म मान्छे को संसारमा बाचिरहेको मान्छे पनि त होइन !
रुप, रङ्ग ,साल,ढालले मान्छे जस्तै देखिरहेको छु ।
तर जीवन !
दाम्लो ले बाधेको गोरुको जस्तै झेलिरहेको छु ।
हो त्यही मजदुर हो हजुर मजदुर

बेइज्जती को पनि हद हुन्छ
कुकुर लाई पनि कुनै उर्फ दिएर
बोलाउने मान्छेको कर हुन्छ ।
तर … त्यही सम्मान नपाएर पनि बाहिर हासी हासी भित्र त्यो मजदुर कति रुन्छ ।
हो त्यो मजदुर हो म हजुर मजदुर
जहाँ दाउरा बिना को खरानी हुन्छ ।

गाली अनेकौ सुनिन्छन्
ताली नसुनिने यो सहर मा
बन्धकी को त के कुरा
पुरै जीवन नै किस्ता बन्धी मा चलिरहेको छ ।
अब बोल्न कहाँ सकिने छ र !
आफ्नै जीवन को लाज पुर्जा
नामसारी को पर्खाइ मा अघिल्तिर
बेताल ले लाडिरहेको छु ।
के ! म साच्चै सोचिरहेको छु होला
भिमसेन को भिक्षा मैले आफै नढाटी माग्नु परिरहेको छु।
हो …. त्यही मान्छे जस्तै देखिने ।
म एक गुलामी
मजदर हो हजुर मजदुर ।।