स्मृति इरानीको गाडी पछ्याएका चार विद्यार्थी पक्राउ

नयाँ दिल्ली , भारतकी केन्द्रीय टेक्सटायल मन्त्री स्मृति इरानीको गाडी पछ्याएको तथा अपमानजनक भाषा प्रयोग गरेको आरोपमा आइतबार चार विद्यार्थीलाई पक्राउ गरिएको छ ।

शनिबार साँझ नयाँ दिल्ल्लीबाट २० देखि २५ बर्ष उमेर समूहका शंकास्पद ती विद्यार्थीलाई मन्त्रीका सुरक्षाकर्मीले आफ्नो गाडी रोकेर पक्राउ गरेपछि प्रहरीलाई हस्तान्तरण गरेको समाचार उजेन्सी सिन्ह्वाले जनाएको खबर आजको नागरिकमा छापिएको छ ।

कारमा रहेका चार युवाले मन्त्री इरानीको गाडीलाई पिछा गरेको र दुईपटक उत्ताउलो तथा अविवेकी पाराले ओभरटेक गर्न खोजेको प्रहरीले बताएको छ ।