मलेसियाले हुन्डी कारोबार रोक्ने

नेपाली गिराेहपनि प्रभावित हुने

काठमाडौं , मलेसियाले हुन्डी कारोबार रोक्न प्रक्रिया सुरु गरेको छ । गैरकानुनी मानिने हुन्डी कारोबार फस्टाउँदै गएपछि यहाँको केन्द्रीय बैंक ‘बैंक नेगर’ नियन्त्रणका लागि प्रक्रिया अघि बढाएको हो । अवैध रूपमा मलेसियाबाट गरिने पैसासम्बन्धी कारोबार निरुसात्हित गर्न केन्द्रीय बैंक, अधिवक्ता जनरल चेम्बर नेरेट र मलेसिया प्रहरीको सयुक्त टोलीले अवैध मुद्रा कारोबार सञ्चालन गर्ने नेटवर्कमा छापा मारेर कारबाही प्रक्रिया अघि बढाएको हो ।

केन्द्रीय बैंक नेगरले जारी गरेको विज्ञप्तिमा अवैध रूपमा रकम कारोबार गरी विदेश निर्यात गर्ने राजधानी क्वालालम्पुर र सेलेङर राज्यका १४ स्थानमा छापा मारेको जनाइएको छ । कारबाहीमा आठजना विदेशी नागरिक पक्राउ परेको नेगराले जनाएको छ ।

मलेसियामा रहेका विभिन्न देशका आप्रवासीले वैधानिक च्यानलभन्दा अवैद्यानिक च्यानल हुन्डीमार्फत रकम पठाउन थालेपछि केन्द्रीय बैंकले यस्तो कार्यमा संलग्नमाथि निगरानी बढाएको छ । निगरानीपछि संकास्पद स्थानमा छापा मार्ने र कारबाही गर्ने प्रक्रिया अघि बढेको छ । नेपालमा मात्रै ६० प्रतिशतभन्दा बढी रकम हुन्डीमार्फत जाने गरेको अनुमान छ । हुन्डीमार्फत ठूलो रकम नेपाल पठाउने गिरोह सक्रिय छ । अवैध कारोबारमा संलग्न व्यक्ति पक्राउ परे १० वर्ष जेल र पाँच लाख रिंगिट जरिबाना तोकिएको छ । अाजकाे अन्नपुर्ण पाेष्ट दैनिकमा खबर छ ।