कांग्रेस सभापति देउवा विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं,  अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध रिट निवेदन दर्ता गरिएको छ ।


अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार कांग्रेस सभापति देउवा र नेपाली कांग्रेस केन्द्रीय समितिलाई विपक्ष बनाई सर्वोच्च अदालतमा निवेदन दर्ता गराएका हुन  ।
सभापति देउवा र केन्द्रीय समितिलाई अदालतको अपहेलना गरेको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै मैनालीले निवेदन दर्ता गराएकाे बताए  ।   सर्वोच्च अदालतले प्रहरी महानिरीक्षकबारेको फैसलाउपर काँग्रेस केन्द्रीय समितिले अदालतले सरकारको काममा हस्तक्षेप गरेको भन्ने निर्णयले अदालतको अपहेलना गरेकाले निवेदन दर्ता गराएको जानकारी दिए  ।

केही दिनअघि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले प्रहरी महानिरीक्षक पदको नियुक्तिको सम्बन्धमा अदालतले हस्तक्षेप गरेको भन्ने निर्णय गरेको थियो ।