चित्ता जस्तै बलिरहेको जिन्दगी
पोहोर साल खुसी फाट्दा जतन गरी मनले टाले
यस पाली त मनै फाट्यो के ले टाल्ने के ले सिउने हो………
चैत बैशाखको उराठ मौसम जस्तै जिवन भएको छ यो बर्षे झरीमा पनि । अबरुद्ध छन यी गला छिया-छिया भएको छ यो मन । यति गहिरो चोट छ यो दिल भित्र कसै गरी टाल्नै सकिदैन । मेरो जन्म नुवाकोटको एउटा गाँउमा भएको हो सामान्य परिवारमा जन्म लिएकी म मेरो बाल्यकाल गाईबाख्राको गोठालो लाग्दैमा बित्यो । जब किशोर अवस्था सुरुभो त्यसपछि बिहे गरी दिने हतार भयो बा आमालाई सायद विपन्न परिवारमा जन्म लिएर होला सायद गरिबीको रेखामुनि च्यापिएका मेरा माईतिराजालाई हुर्कदै गरेकी चेलीको भारी सारै गर्हौ भएछ क्यार गह्रुङ्गो भारी अर्कैको थाप्लोमा थमाएर आफु आनन्दको सास फेर्न चाहन्थे हाेल । अनपढ बा आमा भएर होला मैले समय अगावै पराई घर श्रृंगारन पुगे पन्ध्र बर्ष पुग्दा नपुग्दै अर्कैलाई थमाई दिए यि हात । घरको पहिलो सन्तान म साधारण लेखपढ भन्दा केही आउने होईन । आफु भन्दा दश बर्ष जेठो केटा सँग बिहे गरीदिनु भो जन्मदाताले ।
रुदै रुदै अन्माईदिए डोलीमा माईतिघर तिम्रो होईन पराई घर जानु पर्छ छोरी जसरी म तिम्रो बाबाको घर श्रृंगारन आए तेसरी नै तिम्ले पराई घर उज्यालो बनाउनु पर्छ । गृहलक्ष्मी भएर त्यो घर संसारलाई मायाको मलजलले अभिषेख गर्दै हराभरा बनाउनु पर्छ । आजबाट तिम्रा दुई माता भए यौटी जन्मदात्री तिम्री आमा म अनि उँहा तिम्री कर्मदात्री उहा लगाएत सम्पूर्ण परिवारको खुसीको जिम्मेवारी तिम्रो काधमा सुम्पिएर हामीले कन्यादान गरिदियो छोरी नौलो घर संसार लाई एउटै मालामा एकत्र गरेर उनि राख है छोरी यति भनि सक्दा नसक्दै आमाको चोलो ऑसुले लुर्छुप्पै भिजिसकेको थियो ।
म आफ्नो खुसीलाई पैतलामै दबाएर उनि सँगै उन्को संसारमा प्रवेश गरे विवाहको केही महिना सारै असहज भयो । नौलो ठाँउ नौलो मान्छे । बिस्तारै म घुलमिल हुदै गए । त्यो वनपाखामा भौतारिदै रुने न्याहुली नै मेरी प्रिय सखा भईन । जस्को लागी जिवन समर्पण गरेर त्यो घरमा प्रवेश गरेकी थिए उनिबाट कहिले माया पाईन । उमेरको धेरै फरक भएर होला । दिनभर बरालियो बेलुकी रक्सीको नशाले चुर भएर घरमा फर्कियो । यो उनको दैनिकी थियो । म कति सम्झाउथे रवि यो कुलतबाट बाहिर निस्कनुस । कति कति सम्झाउदा नि मानेनन् ।
यत्तिकै बरालिएर घर चल्दैन बाबै खानको लागी पैसा कमाउनु पर्छ । तेराे यो पाराले बिचरी यो पारुले दुःख पाई यस्को बारेमा सोच भावि सन्तानको बारेमा सोच । सासु ससुरा जहिले रवि लाई भन्नु हुन्थ्यो । बा आमाको अति नै जिद्दिका कारण रवि काठमाण्डु झरे । रवि काठमाण्डौं बस्न थालेको केहि समय पछि घरबाट मलाई पनि रवि भएको ठाँउमा पठाईदिनु भयो । रविको पारा उहि थियो जहिले जाँड रक्सी । कति पिएको भन्यो भने हात मुख सँगै छोडी हाल्ने । ऑसु सँग पिडा दबाउन बाहेक के नै गर्न सक्थे र मैले ।
रविबाट पाउनु पर्ने माया सदभाव कहिलै पाईन मैले जसोतसो जिन्दगीका पडावहरु पार गर्दै जादा हामी दुईबाट तिन भयो । यानेकी हाम्रो छोरोको यो बिसाल धर्तीमा आगमन भयो । बाबुको जन्म पछि पनि रवि सुध्रिएन । अति भए पछी उस्लाई बिदेश पठाउने निर्णय गर्नु भयो । बा आमाले साहुबाट ऋण लिएर अनन्त रविलाई कोरिया पठायौ ।
म काठमाडौं नै बसे दिन महिना गर्दै बर्ष बित्यो छोरो पनि हुर्कदै गयो । रबिको कमाई पनि राम्रै थियो । बेला बेलामा रवि पैसा पठाउथे । जे होस जिन्दगी सहज तवरले नै बेतित भैरहेको थियो । केही बर्षको बसाई पछि रवि नेपाल फर्किए केहि समयको छुट्टि लिएर । रवि नेपाल आए पछी हामी नुवाकोट गयौं केहि समयको बसाई पछि रवि पुनः कोरिया जाने तयारीमा थिए यसैबिच एकदिन रवि उहि नशामा ध्रुत भएर भिरबाट लडेछन । त्यो रात अबेर सम्म उनि नआए पछि घरमा सबै जना आत्तियौ देवरबाबु र बुबा रविलाई खोज्न जानु भो घर देखी केही पर खोल्सामा रवि भेटिए तर उनको निर्जिव शरिर मात्र उनि त मलाई एक्लो पारेर अर्कै दुनिया लिन भै सके छन जब उनको मृत्यूको खबर पाए म त काटिएको रुख झै ढलेछु । जब होसमा आए केही विधुवीहरु आएर सिउदोको सिन्दुर पुछि दिए । यि नाडीका चुरा फुटाई दिए चुरा सँगै भाग्य फुट्यो सिउदोसँगै जिवन उजाडियो । मेरो संसार रित्तियो मेरो नावालक छोरो टुहुरो भयो । दैवले पनि छानिछानि दुखीलाई चोट दिदा रहेछन क्यार ! सायद दुख सहने हिम्मत दुखीमा मात्र हुन्छ भनेर होकी ।
जहिले रविको वियोगमा डुबेर हुदैन छोराको लागी बाबा आमा दुबै भएर जिउनु पर्छ पारु तिमीले सबैजनाले सान्त्वना दिनु हुन्थ्यो घरमा । जड्याहा नै किन नहोस पति त पति हो । जे थिए जस्तो थिए मेरो र बच्चाको रक्षक त थिए रवि अब त साहाराको लौरी पनि भाचियो । बाबाको काखमा खेल्ने रहर पुरा नहुदै बाबा गुमायो रुविले टुहुरो भयो मेरो रुविल । कति अभागी रहेछ मेरो बाबु ।
सधै रोएर मात्र नहुने रुविलको सुनौलो भविष्यकोलागी मलाई पून: काठमाण्डौं पठाउनु भयो । रबिले कोरिया बस्दा कमाउनु भयको पैसाले सानो एउटा घडेरी जोडेकी थिए । तर घर बनाउन कुनै उपाए थिएन म सँग । जसोतसो अर्काको घरमा काम गरेर बाबुलाई पढाएकी थिए । बिहानको खाना पछि बाबुलाई तयार परेर स्कुल पुराएर सधै जसो म काममा निस्किन्थे । त्यो दिन मेरो लागी कालो दिन साबित भै दियो । जुन घरमा मैले काम गर्थे त्यो घरका सबै भ्याली बाहिर गएका रहेछन । घरमा घरबेटी दाई मात्र रहेछन ।
म गएर सुरूमा किचेनको काम गरे अनि बाँकी सबै काम सकेर रुममा फर्कनु अघि घरबेटी दाईलाई चिया लिएर बैठककोठामा के प्रवेश गरेकी थिए चिया टेबलमा राख्न नपाउदै । उसले च्याप्प मेरो हात समायो म डराएर । अत्तालिएर कराउन खोज्दै थिए उसले शिरानीले मेरो मुख थुनिदियो । त्यो नरपशुको अगाडि मेरो केहि जोड चलेन मेरो रुविललाई मार्ने घम्की दिएर लुटिरहयो मलाई लुछिरहयो मलाई मैले आफुलाई त्यो दुष्टबाट बचाउन सकिन । मेरो ऑसु मुल्यहिन भो त्यो दानवको अगाडी । म चाहेर नि मर्न सकिन जिउदो लास भएर म रुविलको लागी बाँचीरहे मेरो मुटुको टुक्रा मेरो प्यारो रुविलको लागी मात्र मेरो बच्चाको लागी । म भित्र भित्रै जल्दै बाँचिरहेकी छु त्यो आर्यघाटमा चित्ता जस्तै जलिरहेकी छु ।