बिचारका बिचलन्ताहरु

कविता

 

बिग्रिएको दिमाग छोप्न 
टाउकोमा हेलमेट लगायका हरु
आफ्नो मन भित्र भ्रान्तिको कतुर बाकेर
क्रान्तिको खोक्रो आदर्श छाट्ने हरु
आफु भित्रै कुहिएको लाज पचायर
म बिना पृथ्वी नै घुम्न छोड्छ भनेर
दम्भ गर्दै अबसरबादको घर गरेका हरु
नक्कली सुन्दरता को जलब लगाएर
कुरुप्ताको तस्बिर नचाउदै हिड्ने हरु
नक्कली फुलि पहिरिएर
आफै लाई उच्च दर्जामा गन्नेहरु
कम्युनिस्टको बख्खान गर्दै
कागजि ब्यवहारको धज्जि उडाउने सितलि हरु  ।

अनि
एक किनार संसार फेर्ने राता मान्छे हरु
अर्को कित्तामा जनता माथि बम गोला बर्षाउने हरु
रातो कफ्फन भित्र कालो कात्रो लुकाएर
जनबिरोधि कै पाउ छाम्न जानेहरु
होस गर ,याद राख, बिचार गर
क्रान्तिको धारिलो निशानामा
टक्कर लिने मुर्खता नगर
अब्बल दर्जाको जब्बल हतियार
जब बजार्ने छन आक्रोशित मनहरुले
अनि चक्नाचुर हुनेछ ति हेलमेट र नकाव
फेरि भुकम्प पैदा हुनेछ त्यो दम्भ माथि ।

अढाई करोड नेपालिको मन मनमा
आखाको नानिहरुमा कलंक या
कसिङ्गर भयर बाच्ने
वा अजम्वरि आदर्श पुत्र भयर बस्ने
याद राख या नराख ति फैसला तिम्रै पोल्टामा छ
भोक प्यास र प्रसब पिडाले तड्पिरहेका
हातहरुमा साथ दिन्छौ या लात
निर्णय तिम्रो टेबुलमा छ
शहिदको रगतलाई बागमतिको ढल बनाउछौ
या स्वर्णिम इतिहास को
आधार स्तम्भ ठानि सम्मान गर्छौं
गद्धारिको उपामा पहिरिन्छौ या
सम्मानित नायकको प्रतिक बन्छौे
यो अग्नि परिक्षामा तिम्रै हात छ
एक पटक आत्मसमिक्षा गर ।

आफ्नो छट्पटी लाई छामेर हेर
उपिया र जुम्रा लखेट्न आफ्नै
टाउकोमा आगो लगाउ
यदि होइन भने जलाई दिनेछ
क्रान्तिको रापबाट निस्किएको अग्नि ज्वालाले
डुबाई दिने छ जनताको जनसागरले
उडाई दिने छ आन्दोलनको आँधि हुरिले
तह लगाई दिने छ उर्लिएको ज्वारभाटाले
बिकास या बिनाश , रोज या खोज
इतिहास ले लेखा जोखा गरिरहने छ
इतिहास ले लेखा जोखा गरिरहने छ ।।

रचना मिति- २०६१/१०/२७