अाफ्ना नेता कार्यकर्ता रिहार्इ नभए शसक्त अान्दाेलन गर्ने सयुक्त राष्ट्रवादी सामाजवादी पार्टीकाे चेतावनी

 काठमाडाैँ,संयुक्त राष्ट्रवादी समाजवादी पार्टीले स्थानीय निर्वाचनमा आफ्नो राजनीतिक पार्टीको चुनाब चिन्हको साथ निर्वाचनमा सहभागिताको माग गर्दै निर्वाचन आयोग घेराउ गर्ने क्रममा गिरफ्तार गरिएका अाफ्ना नेता तथा कार्यकर्ता रिहाइ नगरे शसक्त अान्दाेलन गर्ने चेतावनी दिएकाे छ । 

केन्द्रिय उपाध्यक्ष तथा प्रचार बिभाग प्रमुख युवराज सफलद्धारा जारी बिज्ञप्तीमा भनिएकाे छ । चार दलीय सिण्डिकेट तथा वर्तमान सरकारले संयुक्त राष्ट्रवादी समाजवादी पार्टीका केन्द्रीय उप महासचिव नारायण श्रेष्ठ र केन्द्रीय सदस्य हिरण्यलाल लुईटेल लगायत आन्दोलनरत दलका विभिन्न नेता तथा कार्यकर्तालाई पक्राउ गरेको हुँदा पक्राउ परेकाहरुलाई अविलम्व रिहाई गरी दलीय चुनाब चिन्ह प्रदान गर्न निर्वाचन आयोग ,चार दलीय सिण्डिकेट र सरकारसँग जोडदार माग गर्दछौँ । अन्यथा माग पुरा नगरे अझ सशक्त आन्दोलनको आँधी बेहेरी सिर्जना गर्न हामी बाध्य हुनेछाैँ । संयुक्त अान्दाेलनमा नयाँ शक्ती पार्टीका संयाेजक तथा पुर्व प्रधानमन्त्री बाबुराम लगायतका थुप्रै नेता तथा कार्यकर्ता प्रहरीद्भारा परेका छन । 

बिज्ञप्ती