चुनाव नजिकिदै गर्दा माओवादी महिला नेतृको आक्रोसपुर्ण भाव

काठमाडाैँ, स्थानिय चुनाव नजिकिदै गर्दा माअाेवादी केन्द्रमा महिला उम्मेदवारकाे पनि चर्चा हुन थालेकाे छ । महिलाहरूकाे सामानुपातिक ढंगले चुनावमा उपस्थिति गराउनु पर्ने भन्दै बिभिन्न निकायमा समेत ज्ञापन पत्र बुझाएका महिलाहरूले निकट जिल्लाहरूमा त्याे स्थिति नदेखिए पछि अाक्राेश ब्यक्त गर्न थालेका छन ।   माअाेबावादी बृतमा  निक्कै चर्चामा रहेकी अनेम संघ क्रान्तिकारीकी केन्द्रिय सचिब पार्वती थापाले महिलाहरूलार्इ साँघुराे र सँकिर्ण ढंगले हेर्ने प्रबृती सबै राजनितिक पार्टिहरूकाे साझा राेग भएकाे बताएकी छिन । उनले घुमाउराे ढंगले पार्टिले महिलाहरूलार्इ नसमेटने खाका देखाएकाे भन्दै अब पनि त्यसाे गरे सहय नहुने बताएकी छिन । थापा माअाेवादी बृतमा पुरानी,जुझारू र शसक्त  महिला नेतृ मानिन्छिन । 

उनले सामाजीक संजालमा लेखेकाे बिचार जस्ताकाे तस्तै 

स्थानीय तहको चुनाव मा महिलाहरूको लागि गाउँ र वडा मा बाध्यकारी ब्यबस्था नगरेको भए जतिसुकै क्षमता भएको महिला भएपनी त्यहा महिलाहरूले अबसर नपाउने रहेछन ,अहिले प्रभावकारी र चुनाब जित्न सक्ने महिलाहरू ले पनि गाउँ प्रमुख को उम्मेदवार को कुरा हुदा विवाद गरिन्छ , यो सबै राजनीतिक पार्टीको साझा रोग हो पुरुषबादी सङ्किर्न सोचाइ हो धेरै जिल्लामा एक जना पनि महिला प्रमुख बनाएर जाने देखिएन केही जिल्ला बाहेक , हामीले र हाम्रो संगठन को पहलमा प्रमुख वा उपप्रमुख को लागि प्रधानमन्त्री कार्यलय, शभामुख , र राज्यब्यबस्थापन समितिमा पहल नगरेको भए यो उपप्रमुख पनि हुने रहेन्छ यसको गहिरो समिक्षा गर्नु पर्ने देखियो , आगामी दिनमा महिलाहरूको संघर्स झनै तेज गतिमा लिनु पर्ने देखियो ।

 

पार्वती थापाले अाफु कुसे गाँउपालीकाबाट उम्मेदवार उठने बताएकी छिन । अाफुले जस्ताे सुकै स्थितिमा पनि जितेर देखाउने दावी समेत गरेकी छिन ।