युरोपमा नेपालको पर्यटन प्रर्वद्धन आवश्यक

काठमाडौँ, नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति स्वीडेनका सभापति नविन थपलियाले युरोपमा नेपालको पर्यटन प्रर्वदन गर्न आवश्यक रहेकोमा जोड दिएकाछन् । नेपालमा पर्यटनको सम्भावना र युरोपेली मुलुकको सहभागिता बिषयक स्वीडेनमा भएको कार्यक्रममा उन्ले नेपालको पर्यटन विकासको मुख्य आधार युरोपेली मुलुकहरु हुन सक्ने बताए । युरोपमा रहँदा आफुले नेपालको पर्यटन क्षेत्रको विकास मुख्य मुद्धा बनाएको उन्को भनाई थियो ।

नेपालको तर्फबाट स्वीडेनकालागि पर्यटन दुतसमेत रहेका थपलियाले नेपालमा युरोपेली पर्यटकहरुको सम्भावना बढ्दै गएकाले त्यसकालागि सरकारी प्रतिबद्धता आवश्यक भएकोमा जोड दिए । बिश्वकै अग्लो हिमाल सगरमाथा बारे धेरैलाई थाहा भए पनि नेपालको बारेमा युरोपेलीहरु अझै अनविज्ञ रहेको उन्को भनाई थियो । हिमाल आरोहण गर्ने सपना युरोपेलीहरुको रहेको भन्दै उन्ले सगरमाथा र गौतम बुद्धको देश नेपाल हो भनेर प्रचार गर्नु पर्ने आवश्यकता रहेको औंल्याए । युरोपेली मुलुकहरु जर्मनी, फ्रान्स, स्वीजरल्याण्ड,स्पेन,स्वीडेन,नर्बे, बेल्जीयमलगायतका मुलुकबाट नेपालको भ्रमण गर्ने क्रम बढ्दै गएको उन्को भनाई थियो ।

युरोपेली बिभिन्न देशका जनसम्पर्क समितिका पदाधिकारी र त्यहाँस्थित विदेशीहरुको जमघट रहेको कार्यक्रममा उनीहरुले नेपाल भ्रमणको बारेमा जिज्ञासा राखेका थिए । युरोपमा नेपालको पर्यटनबारे कमै चर्चा हुने गरेको भन्दै नेपाल भ्रमण गर्नको लागि चासो राखेका थिए । प्राकृतिक रुपले नेपालको सौन्दर्यताकोबारेमा चर्चा सुनेका उनीहरुले नेपाल घुम्न जानुको कारण र हवाई यात्रकाबारेमा जिज्ञासा राखे । उनीहरुले त्यहाँस्थित नेपाली राजदुतावासले पनि नेपालको पर्यटन क्षेत्रको बिकासको लागि भूमिका खेल्न नसकेको बताए ।

aथपलियाले भने युरेपेली पर्यटकहरु नेपाल भित्र्याउने मुख्य उद्धेश्यले कार्यक्रम आयोजना गरीएको बताए । नेपालको पर्यटन क्षेत्रको बिकासको लागि उन्ले युरोपका बेल्जीयम, फ्रान्स, जर्मनी, स्पेन, नर्बेलगायतका देशमा नेपालको पर्यटनसंग युरोप भन्ने कार्यक्रम चलाउँदै आएकाछन् । उनी गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्व परिषद् स्वीडेनका संस्थापक अध्यक्ष र अन्तराष्ट्रिय समन्वय परिषद्का सदस्य हुन् । कार्यक्रममा युरोपेली मुलुकका पर्यटकहरुलाई नेपालको झण्डा र नक्सा बितरण गरीएको थियो ।