मायाँ, पासाङ् ल्हामु र दावायाङ्जलेु कन्चनजंघा चढ्ने

काठमाडौँ,महिला पर्वतारोहि मायाँ, पासाङल्हामु र दावायाङ्जु शेर्पाले संयुक्त रुपमा कन्चनचजंघा हिमाल आरोहण गर्ने भएका छन् । कन्चनजंघा पर्यटन प्रर्बद्धन केन्द्रले कन्चनजंघा आरोहण गर्ने महिला आरोहिको आज राजधानीमा स्वागत गरेको छ । आरोहि तीन जना महिलाहरुले बिश्वका अग्ला दुईवटा हिमाल सगरमाथा र केटुको सफल आरोहण गरीसकेका छन् ।

आरोही टिमकी लिडर मायाँ शेर्पाले हिमाल आरोहणबाट नेपालको पर्वतीय पर्यटनमा सहयोग पु¥याउन चाहेको बताईन् । नेपालमा महिला आरोहिको संख्या न्युन भएको भन्दै महिलाभित्र साहँस, आँट र धैर्यता भए महिलाहरुले जुनसुकै काम गर्न सक्ने बताईन् । दुईवटा हिमालको संयुक्त आरोहण पछि उत्साहित देखिएका उनीहरुले हिमाल आरोहणमा संयुक्त रुपमा विश्वर्कीतिमान राख्ने दृढता व्यक्त गरीन । नेपाल माउन्टेन एकेडेमीकी कार्यकारी निर्देशक लाक्पा फुटी शेर्पाले हिमाल आरोहणमा नेपाली महिलाहरुको स्थान बढ्दै गएको बताईन् । नेपालमा पर्वतीय पर्यटनको सम्भावना अत्याधिक रहेको भन्दै सरकार नीजि क्षेत्र हातेमालो गरेर अगाडि बढ्नु पर्ने उन्को सुझाव थियो ।

नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ्छिरीङ शेर्पाले आरोहि महिलाहरुलाई संघले सहयोग गर्ने वचन दिए । कन्चनजंघा पर्यटन प्रर्वद्धन केन्द्रका अध्यक्ष पिके शेर्पाले नेपालको दोस्रो अग्लो हिमाल कन्चनजंघाको उचित प्रचारप्रसार हुन नसकेको बताए । तीनजना महिलाहरुले संयुक्तरुपमा गर्ने आरोहणबाट कन्चनजंघको मात्र नभई समग्र नेपालको पर्वतीय पर्यटनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।