गजल

सपना बोकी आखा भरी कहाँ पुग्ने हो
उड्यो यो मन भुवा सरी कहाँ पुग्ने हो । 

मलाई पनी जानू छ तिमी संग संगै
भनी देउन मैना चरी कहाँ पुग्ने हो ।

फुल सम्झी काडा माथी दिल राखी दिए
बैगुनी लाई माया गरी कहाँ पुग्ने हो ।

यात्रा बिहिन जिन्दगी भिजाउदै आज
खोला नाला सागर तरी कहाँ पुग्ने हो ।

बिरानो यो सहर मा कोहि छैन आफ्नो
थाहा छैन म कठै बरी कहाँ पुग्ने हो ।।

जाजरकाेट सक्ला