कम्युनिष्ट पार्टीको आन्तरिक प्रशिक्षणमा सेना प्रहरीको घुसपैठ

नेपाल कम्युनिष्ट पार्टीको काठमाडौँ उपत्यका स्तरीय आन्तरिक प्रशिक्षणमा नेपाली सेना र नेपाल प्रहरीको घुसपैठ भएको छ । ललितपुरको जावलाखेलस्थित लभ्ली ब्याङ्क्वेटमा चलिरहेको आन्तरिक प्रशिक्षणमा ५ जना सीआइडीको घुसपैठ भएको थियो । अत्यन्तै कडा सुरक्षा व्यवस्थाबीच चलीरहेको प्रशिक्षणमा अपरिचित व्यक्ति देखेपछि कार्यक्रमको सुरक्षामा खटिएका स्वयमसेवकले ५ जना मध्य ३ जनालाइ नियन्त्रणमा लिएका छन् भने १ जना भाग्न सफल भएका छन्।

शुक्रबार अपराह्न करिब ४ बजे कब्जामा लिइएका तीनै जनाको साथबाट राष्ट्रिय अनुसन्धान विभाग ९सीआइडी० को परिचय पत्र भेटिएको कम्युनिष्ट पार्टीले जनाएको छ । उनीहरुसँग रहेको सञ्चारसेट र परिचय पत्रसहित तीनै जनालाई कम्युनिष्ट पार्टीको सुरक्षा टीमले आफ्नो नियन्त्रणमै राखेको छ। ।

कम्युनिष्ट पार्टीको उच्च श्रोतका अनुसार महासचिव विप्लवसहित पार्टी शीर्ष नेताहरु सहभागी उक्त प्रशिक्षणमा उपत्यकाका तीनवटै जिल्ला र पार्टीका विभागीय जिम्मामा रहेका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।