पाँचतारा युवा संरक्षक मञ्चका अध्यक्ष रविन्द्र शाहको हत्या

जाजरकोट,  जाजरकोट नेपाली कांग्रेसका युवा नेता तथा पाँचतारा युवा संरक्षक मञ्च, जाजरकोटका रविन्द्र शाहको हत्या भएको छ । इभिनीङ वाकमा तल्लो थाप्ले भन्दा तल गएका शाहलाई अज्ञात व्यक्तिहरुले हत्या ढुङ्गाले हानेर भीरवाट खसाएर हत्या भएको हो ।

कार्यालय समय भन्दा पछाडी इभिनीङ वाकमा हिडेका शाहलाई अज्ञात व्यक्तिहरुले ढुङ्गा प्रहार गरेर भीरवाट खसाएको शाहको निकत श्रोतले जनाएको छ ।  शाहलाई जिल्ला अस्पतालमा ल्याएर चेकजाँच गरिएको थियो ।

जिल्ला अस्पताल जाजरकोटले भक्खरै राती ९ः५० को समयमा शाहको मृत्यु भैसकेको घोषण गरेको छ । घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।