तपाँर्इ बारम्बार पिसाब आउने समस्याबाट ग्रस्त हुनुहुन्छ ? अब यसाे गर्नुस

काठमाण्डौ,  पिसाब आउनु राम्रो कुरा हो किनकि यसले तपाईको शरीरमा भएको खराब तत्वलाई तरल पदार्थको रुपमा बाहिर आउने गर्दछ ।तर कतिपय अवस्थामा बारम्बार पिसाब लाग्नु राम्रो कुरा होइन । जसले एउटा गहन समस्या निम्त्याउने गर्दछ । तपाई आफै सोच्नुहोस्, तपाई कतै बाहिर जाँदा ३–४ पटक शौचालय जान पर्यो भने तपाईलाई कस्तो महशुस होला ? कतिपय अवस्थामा यो अरुलाई हाँस्ने बाहना पनि बन्न सक्छ ।

यदि आसपास कुनै शौचालय छैन या तपाई आफ्नो काममा व्यस्त हुनुहुन्छ भने यो अवस्थामा हाम्रो मष्तिष्कको इच्छा दबिने गर्दछ । पिसाबलाई कहिल्यै पनि धेरै समयसम्म रोकेर राख्नु हुँदैन । किनकि यसो गर्दा कुनै पनि बेला बिरामी हुनेको खतरा हुन्छ ।

जब अधिक मात्रामा पिसाब आउँछ त्यो पनि कुनै न कुनै बिरामीपनाको संकेत हो । उदाहरणका लागि मधुमेहका रोगीलाई बारम्बार पिसाब आउने गर्दछ ।

आउनुहोस् हामी तपाईलाई यस्तो उपाय बताउँछौ कि जसले तपाईको मुश्किललाई दूर गर्न सहयोग गर्नेछ । यसको के के कारण हुन सक्छन् यसबारे चर्चा गरौं–

बारम्बार पिसाब आउने कारण के के हुन्–

– गर्भावस्थाको समय धेरै महिलामा यस्तो समस्या देखिने गर्दछ
– मधुमेहका रोगीमा यस्तो समस्या देखिने गर्दछ
– जो मानिस चिया, कफि आदिको अधिक सेवन गर्दछन्
– सर्दिमा पनि पिसाबको समस्या अधिक हुने गर्दछ
– ज्यादा औषधी सेवन गर्ने व्यक्तिमा पनि यस्तो समस्या हुने गर्दछ
– प्रोस्टेट ग्लयाड बढ्दा पनि यस्तो समस्या देखिन्छ
– पेटमा किरा हुँदा
– ब्लयाडरमा रगत जम्मा हुँदा पनि यो समस्या देखिन्छ

बारम्बार पिसाब आउने समस्याबाट बच्ने अन्य उपायहरु

– मह र तुलसीको पत्तालाई बिहानै उठेर खाली पेटमा सेवन गर्ने
– दैनिक दहीको सेवन गर्नुहोस्, यसमा प्रोबायोटिक तत्व हुन्छ जसले खतरनाक ब्याक्टेरियालाई बढ्नबाट रोक्छ
– पकाइएको तातो पालुङ्गोलाई रातको खानामा समावेश गर्नुहोस्
– अनारको दानालाई पिँधेर तरल बनाएर बिहान, बेलुका खानुहोस्
– मेथी पाउडरलाई सुकेको अदुवा र महसँग मिलाएर पानीसँगै बिहान, बेलुका लिने
– भिटामिन सी प्राप्त हुने वस्तुको सेवन गर्ने
– तिलको दानालाई गुलियोसँग खाने आदि

अब यी वस्तुहरुको प्रयोग गरेर तपाई आफ्नो समस्या हटाउन सक्नुहुन्छ । तर यसको लागि तपाईले प्रयोगलाई नियमिततामा जोड दिनुपर्छ । यदि तपाई यसलाई नियमित प्रयोग गर्नुहुँदैन भने तपाईले समस्याबाट पार पाउन सक्नुहुन्न । यसका लागि तपाईले सम्बन्धित चिकित्सकको पनि सल्लाह लिनु उपयुक्त हुन्छ ।