वैद्य माओवादीले चुनावमा भाग लिने

काठमाडाैँ,  नेकपा क्रान्तिकारी माओवादीले स्थानीय निकायको चुनावमा भाग लिने केन्द्रीय समितिमा प्रस्ताव पेस गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

पार्टीको सोमबार सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको वैधानिक मोर्चालाई चुनावको कार्यनीतिको रुपमा उपयोग गरिने प्रस्तावमा उल्लेख छ । सो मोर्चाको प्रमुखमा सीपी गजुरेल रहेका छन् ।

पार्टीका अध्यक्ष मोहन वैद्यले तयार पारेको प्रस्तावमा रणनीतिकरुपमा भन्दा पनि कार्यनीतिकरुपमा चुनावलाई उपयोग गर्न सकिने विषय उल्लेख छ ।