जब एलडिअाेकाे अगाडि उभिएर बिमलाले ‘तिर्खा मेट्ने पानी’ मागिन्

काठमाडौं , डाडाँको टाकुरामा बस्ती छ । गाउँमा भरपर्दो मुहान छैन । एउटा कटुस गैह्राधारो थियो त्यो पनि सुक्यो । दुई बर्ष भयो तिर्खा मेट्ने गरी पानी खान पाएनौं, एलडिओ अगाडी उभिएकी बिमला चेपाङले भनिन्, हामीलाई तिर्खा मेट्ने पानी दिनुस् । आजको नागरिकमा खबर छ ।गाउँमा भएको पानीको मुहान सुकेपछि धादिङ गजुरी गाउँपालिका ६ श्यामेडाडाँका चेपाङ समुदाय खानेपानीको योजना माग्दै जिल्ला समन्वय समितिमा आइपुगेका छन् ।

पँधेरो त सुक्यो नै अन्य साना खोल्सीको पानीसमेत सुकेपछि गाउँमा पानीको हाहाकार मच्चिएको छ । भूकम्पपछि पानीको मुहान सुकेकाले अहिले रातभर कुवामा लाइन बसेर एक गाग्रो पानी भर्ने गरेकी बिमलाले बताइन् ।