नेदरल्याण्डस निराश ,विश्वकप छनोटमा फ्रान्स र स्वीडेन खुशी

काठमाडौं । विश्वकप छनोट फुटबलको युरोपियन क्षेत्र अन्तर्गत समूह ए को खेलमा फ्रान्स र स्वीडेन विजयी भएका छन् । फ्रान्सले लजेम्बर्गलाई उसकै मैदानमा ३–१ ले हरायो । फ्रान्सका लागि ओलिभियर जिरुले दुई गोल गरे भने एन्टोइन ग्रिजम्यानले एक गोल गरे  . घरमै निराश बनेको लग्जेम्बर्गका जोआचिमले पेनाल्टीमा एक गोल फर्काए ।

समूहको अर्को खेलमा स्वीडेनले बेलारुसलाई ४–० ले हरायो । ३० हजार घरेलु दर्शकमाझ स्वीडेनलाई जिताउन इमिल फोर्सबर्गले दुई तथा मार्कस बर्ग र आइज्याक थेलिनले एक एक गोल गर्न सफल भए । समूह ए को खेलमा नेदरल्याण्डसलाई भने निराशा हात लागेको छ । नेदरल्याण्डस बुल्गेरियासंग २–० ले पराजित भयो । दुबै गोल स्पास डेलेभले गरे ।

यो खेलसंगै पाँचौं चरणको समाप्तिसम्म फ्रान्स १३ अंकसहित शीर्ष स्थानमा छ । १० अंकसहित स्वीडेन दोस्रो तथा ९ अंकको बुल्गेरिया तेस्रो स्थानमा छ । नेदरल्याडसको ७ तथा बेलारुसको २ अंक छ ।