ट्रम्पको सल्लाहाकारमा छोरी इभांका

काठमाण्डौ,अमेरिकी राष्ट्रपति डोनाल्डले अाफ्नी छोरी इभांका ट्रम्पलाई सल्लाहकारमा मनोनित गरेका छन । इभांकाले ह्वाइट हाउसमा रहेर ट्रम्पको कार्यमा सहयोग गर्ने छिन । ३५ वर्षीय इभांकालाई वेस्ट विंगमा काम गरेबापत कुनै पारिश्रमिक दिइने छैन । उनी संसारभरीकै हाई लेभलकी छोरी मान्छेको सूचीमा रहेकी छिन् ।

उनले महिला हितका क्षेत्रमा समेत केही गर्न चाहेको बताएकी छिन् । ह्वाइट हाउसकी प्रतिनिधिको रुपमा विश्वका प्रख्यात नेताहरूसँग उनको भेटवार्ता हुनेछ । उनी ह्वाइट हाउसको एक कर्मचारीका रुपमा चिनिए पनि उनले कुनै पनि लाभको पद भने धारण गरेकी छैनन ।