गजल

थोरै सम्पती बढी साउको ऋण भएर
के पुग्छ सानो घर टुक्रा जमीन भएर ।

ती बुढा पाखुरा चल्न छोडेछन बुझियो
आज बाबाको अनुहार मलीन भएर ।

यो देशका युवा दिनहुँ पलायन छन
यहाँ रोजगार पाउन कठीन भएर ।

एकसरो लगाउन पाइएको छ धन्न
पठाउने कहिले भारत चीन भएर ।

म मुस्कुराउन छोडेको धेरै भयो यता
हासो खुशी जति उनैको अधीन भएर ।।

जाजरकाेट ,सक्ला