खुला जेल

कति सकस हुँदो हो रुखलाई पालुवा फेर्न ? कति सकस हुँदो हो एउटा चरालाई गुँड बनाउन । कति सकस हुँदो हो घामलाई कालो रातको साम्राज्य चिरेर बिहानी ल्याउन । र, कति सकस हुँदो हो एउटी आमालाई सन्तानलाई जन्म दिन ?
तर, कति सजिलै फेरिएझैं लाग्छ यो समय । कति सजिलै बद्लिएझैं लाग्छ जीवनको क्यालेण्डर । थाहा छैन जीवनका दुइ दर्जन वर्ष कसरी बिते । र, थाहा छैन जीवनमा अवका वर्ष कसरी बित्ने हुन्? प्रसगं त्यतिबेलाको हो, जब म जीवनको२१ औं बसन्तमा प्रवेश गर्दै थिएँ ।
देशभरिका युवाहरु बेरोजगारी समस्याले छट्पटाइरहेका थिए । तीनै छटपटिनेहरुको भीडमा म पनि थिएँ । के गरौं र कसो गरौंकाबीचबाट मैले एउटा ‘(अ)गतिलो’ निर्णय गरें–खाडी यात्रा । यसबीचमा मैले मेरा आफन्त र साथीहरुसँग पनि सल्लाह गरेको थिएँ । उनीहरुको बिचार र मेरो निर्णयले अन्ततः एउटै मोड लियो । म खाडी हानिएँ ।

लेखक

….

हातहातमा पासपोर्ट बोकेकाहरुको ठूलै घुईचो थियो विमानस्थलमा । यस्तो लाग्दैथ्यो यो देशका माहुरीहरु उड्ने तयारीमा छन् र फर्कदा सिंगो देश बोकेर आउने छन । मलाई गर्र्व लाग्यो आफैदेखि र दुःख पनि । सबैका अनुहार उज्याला देखिन्थे उनीहरुको श्रृंगार जस्तै । जापान,अमेरीका,अष्टे«लिया,कोरीया लगायत विकसित मूलुकमा जानेहरुको भिड थियो त्यो । त्यही भीडभित्र एउटा म थिएँ, जो कतारको लागि जाँदै थिएँ रआत्माग्लानि भएर आयो आफैलाई देख्दाखेरी। गरिवी र शिक्षामा गुणस्तर नहुनुको प्रतिफल यहिँनेर पाए आफूलाई। सायद म पनि धनीको छोरा र अलि पढेलेखेको हुँदो हु त यस्तै विकसित मूलुकको भिजा हातमा समाएर उभिरहेको हुने थिए । यस्तै सोच्दा सोच्दै कतारको लागी उडानमा रहेको जहाजमा प्रवेश गरे । र, केही समयमै जहाज उड्यो खाडी मूलुक कतारको लागी । करिव साढे ६ घण्टाको हवाई यात्रापछि कतारको दोहा विमानस्थलमा पुगियो नबराज शाही लेखेको प्लेय कार्ड बोकेको जहाँ एक जना मान्छे मेरै प्रतिक्षामा थियो । म नजिकै गएर भने म नै हो नबराज शाही,यति भने पछि ऊ र म विमान स्थालबाट बाहिरियौ र नजिकैको गाडीमा चढ्यौ ।

हाम्रो परिचय गाडीभित्रनै भयो नेपालकै रहेछ ऊपनि । नाम रामप्रसाद दाहाल, घर चितवन, नारायणघाट हाल काठमाण्डौ बस्छन रे उसका घरका अन्य सदस्यहरु । ऊ घर नगएको पनि झण्डै पाँच बर्ष भएछ । यस्तै यस्तै कुरा गर्दै हामी विमान स्थल देखि दुई घण्टाको गाडीको यात्रा पार गरेपछि करिब १५ सय देखी २ हजार जनाजति मान्छे अटाउन सक्ने क्षमताभएको ठूलो घरनेर गाडी रोकियो । गाडीभित्रै बाट रामप्रसादले सोही ठूलो घरलाई औल्याउदै यही हो तपाई बस्ने क्याम्प भन्यो । हामी ओर्लिएर क्याम्पतिर लाग्यौ । त्यस क्याम्पमा विभिन्न मूलुकबाटकामको सिलसिलामा आएका मान्छेहरुसँग भेट भयो । अधिकाँश मान्छेहरु नेपालबाट नै आएका थिए, सबैसँग रामैसँग परिचय भयो । त्यस क्याम्पमा मलाई एक दिन मात्र बसालियो । अर्काे दिन अर्काे क्याम्पमा पठाइदियो र त्यो नयाँ क्याम्पमा पनि मेरो पहिलो चरणको कार्यक्रम भयो सबै सँग परिचय गर्ने । त्यहाँ बस्ने नेपालीको चलन अनुसार सबै भन्दा पहिले तलब सोधिन्थ्यो कति छ भनेर अनि खाना सोधिन्थ्यो, बस्न सोधिन्थ्यो यस्तै विभिन्न सेवा सुविधाहरु सोध्ने गरिन्थ्यो । त्यहाँ नेपाली नेपाली बिच भेटहुदा दुःख सुखको कुरा भन्दा पनि यीनै कुरा हुँदारहेछन ।

म त्यो दोस्रो क्याम्पको साथीहरुसँग पनि राम्रैसँग घुलमिल भइसकेको थिए तर दुर्भाग्यको कुरा मलाई त्यहाँ पनि राखिएन र २ दिन पछि अर्काे कम्पनिमा पठाइदियो यसरीनै दिनै पिच्छे ६÷७ वटा कम्पनिहरु फेरिए । पछि किन यसो गरिएको हो भनेर बुझ्न जरुरी सम्झिए। एक दुई बर्षअगाडि देखिनै त्यहाँ काम गरिरहेका नेपाली दाजुहरु सँग सोध्दा पो थाहा भयो म यहाँ बेचिएको रहेछु मलाई एक पछि अर्काे गर्दै कम्पनिहरुले खरिद विक्रि गरिरहेका रहेछन ।ती कम्पनिहरुको लागि म मलिलो खेत बन्न पुगेछु यति कुरा थाहा पाउँदा पाउँदै पनि म त्यहाँ बस्न बाध्य भए जुन सम्पूर्ण नेपाली युवाहरुको बाध्यता थियो । त्यहाँ म मात्रै बेचिएको थिएन म जस्तै सात लाख नेपाली युवा युवतीहरु बेचिएका थिए ।

त्यसैले अब त्यो देशको अनि त्यो कम्पनिको नियामानुसार आफूलाई परिचालित गर्नु शिवाय अर्काे विकल्प थिएन मेरो अघि । अब मैले म आफू मान्छे हुँ भन्ने बिर्सिनुथियो । र, बन्नुथियो एउटा मेसिनजस्तो । म मान्छेबाट मेसिनमा बदलिएँ । फगत एउटा मेसिन ।
समय वित्दै गयो । हप्तामा एक दिन विदा मिल्थ्यो शुक्रबार । जुन शुक्रबारलाई हामीले नेपाली दाजुभाईहरु सँगको भेटघाटका रुपमा लिएका थियौ त कहिले विभिन्न ठाउँहरुमा घुमघाम । यसरीनै दिनहरु धकेल्दै गए, एकदिन म घुमघामकै क्रममा कतार कै ठूलो सहर सिटि सेन्टरमा पुगेको थिए त्यहाँ नजिकै समुन्द्रको किनारमा म टोलाएर बसिरहेको थिएँ ।

कल्पनामा पाउँथे त्यही समुन्द्रलार्ई नेपालको फेवातालको रुपमा । कहिले रारातालको मनोरम दृष्य पाउँथे उही समुन्द्रमा । यसरीनै त्यहाँ रहेका हरेक मानव निर्मित ती सुन्दर वस्तुहरुलाई आफै नेपालीमा नाम दिन्थे । यतिकैमा हावाको झोक्काले कानको नजिकैबाट पछाडीतिर हाम फालेर गयो । र, मेरो नजर विपरित दिशातिर मोडियो जहाँ एक अन्दाजी २३÷२४ बर्षिय युवतीले सानो बालकलाई समाएर नजिक आउँदै गरेकी थिइन। उनी नेपालीजस्ती देखिन्थिन । नजिक आउँदा म ढुक्क भएँ उनी नेपाली नै हुन । कतै देखे झैं, कतै भेटेझैं लाग्यो । मन थाम्न सकिन सोधिहाले ।
सुन्नुस त, तपाई नेपाली हो ?
हो ।
के तपाईले मलाई चिन्नु भो ?
नाई चिनिन ।
हाम्रो भेट भएको थियो एक दिन ।
भयो होला तर मैले चिनिन ।
आवाज त सारै परिचित लागेको छ नाम भन्छु चिन्नु हुन्छ कि ?
भन्नुस के हो नाम ?
नबराज शाही ।
नाम बताउँदैमा के फाईदा होला र यही एउटा साधारण नाम नबराज शाही कम्तिमा ५० जना सँग परिचय भयो होला मेरो ।
म त्यो नबराज हुँ ,जो सँग रत्नपार्कको एक छेउमा तपाईसँग २० रुपैँयामा पानी किनेको थिएँ ।
ए…ए..याद भो, कहिले आउनु भो नी ?
भयो ६ महिना जति ,अनि तपाई ?
तपाई भन्दा एक महिना पछाडी ।
उनी तीनै युवती थिइन जो काठमाण्डौंमा पानी बेच्न छोडेर खाडीमा पसिना बेच्न आएकी थिईन । सपनाको खेती गर्न खाडीको बाँझो भूमीमा आएकी थिइन, मजस्तै ।
यसरी नै गफमा व्यस्त रह्यौ केही बेर हामी । मैले उनको नाम सोध्न भुलेको थिए काठमाण्डौं भेटमा । यसपटक भने सबै कुरा सोध्न भ्याएँ ।
रश्मि थापा । घर सिन्धुपाल्चोक । फोन नम्बर मागे,फेसबुक आइडी मागे । बिरानो ठाउँ अनि बिराना मान्छेहरुको भीडमा हराइरहेकी उनि मलाई भेटेपछि आफ्नै जस्तो सम्झिएकि थिइन त्यो उनको अनुहारले प्रष्टै बताउँथ्यो । र, मैले पनि आफ्नै सम्झिएँ उनलाई । आखिर यो बिरानो ठाउँमा नेपाली भनेपछि त्यसैपनि माया लागिहाल्दो रहेछ ।
अब फेसबुकमै भेट्ने वाचाका साथम रश्मिबाट छुट्टिएर आफ्नो कोठातिर लागे । कोठामा पुगेर सबैभन्दा पहिले फेसबुक खोलेर रश्मिलाई रिक्वेष्ट पठाए । तत्काल एक्सेप्ट पनि भयो । –हाई
–हेलो
–के छ ?
–ठिक छ ।
–कति बेला पुग्नुभो नि ?
–भर्खरै पुगेर तिमीलाई रिक्वेष्ट गरेको ।
–हा…हा..हा… किन यति हतार त ?
–मैले तिम्रो बारेमा केहि कुरा सोध्न बाँकि राखेको थिए त्यसैले ।
–के कुरा ?
–तिमी कहाँ बस्छ्यौ ? अनि के काम हो नी तिमीले गर्ने ?
–ओहो !एकै पटक दुई प्रश्न ? के को जवाफ दिँउ त ?
–क्रमैसँग देँउ ।
उसले भनि, म एउटा घरमा काम गर्छु । नेपालबाट त सुपरमार्केटमा भनेर पठाएको थियो तर यहाँ आएर घरमा काम गर्नु पर्ने रे ।
–के–के काम गर्नु पर्छ नि त्यहाँ?
–सबै,–सबै ?
–कस्तो सबै भन्नाले ?
–घरमा गरिने सम्पुर्ण काम । अनि तपाई ?
–म त बेचिएको मान्छे, दिनै पिँच्छे कम्पनि फेरिन्छ अनि त्यसरि नै काम पनि फेरिन्छ । यसरि नै दिन–दिनै घण्टौ सम्मा फेसबुकमै रमाउन थाल्यौं । रश्मी कुनै शंकोच नमानि म सँग सम्पुर्ण दुःख सुखका कुरा गर्ने गर्थिन र त्यसरी नै म पनि उनिसँग खुलेरै कुरा गर्थे । एक दिन उसले मलाई फोन गेरेर छिट्टै अनलाइनमा आउनुहोस भनेर भनिन्, किन भनेर प्रश्न गर्न पनि पाइन मैले । फटाफट फेसबुक खोले रश्मि अनलाइनमा नै थिइन । किन अचानक बोलाएकी ? मेरो प्रश्न भूईमा पर्न नपाउँदै उनले भनिन –हेर्नुहोस न यँहा जवरजस्ती मेरो जवानी लुट्न खोज्दैछ मालिकको छोराले । मलाई यँहाबाट निकालेर नेपाल पठाउने व्यबस्था मिलाईदिनु कृपया । ओहो जुन कुरा मबाट सम्भव नै थिएन त्यँहि कुराको प्रस्ताव राखिन, म ठूलो समस्यामा परे । हुन्छ भनु या सक्दिन । मौन रहे म उता उनि जवाफ पर्खिएकी थिइन् । केही बेरको मौनता पछि मैले भने हुन्छ म प्रयास गर्नेछु । उनिसँग छुट्टिने अनुमति मागे, रातभरि छटपटि भोे निन्द्रा नै लागेन । रश्मिलाई मैले विभिन्न पात्रहरुसँग तुलना गरे । कहीले आमा, कँहिले भाउजु , कँहिले दिदी कँहिले बहिनी ,बुहारी ,छोरी,श्रीमति आदि विभिन्न साइनोहरुलगाए जसले गर्दा उनका समस्याहरु पन्छाउन सक्छुकि भन्ने लाग्यो तर सम्भव थिएन यो सबै उनलाई नेपाल पठाउनु । राती २ बजेको थियो फोन आयो अचानक रश्मिले नै गरेकी रहिछन ।

–हेलो, अँ भन, के भो ? किन यति राती फोन गरेकी?उनले रुदै भनिन म अब कुमारी रहिन म लुटिए पुर्णरुपले । अब के गरु ? म मर्छु अब, यसरी नै रुदै रुदै धेरै कुरा भनिन आफैलाई धिकार्दै म मौन थिए केही प्रश्न नै थिएन, केहि शब्द नै थिएन मसँग उनलाई शान्त्वाना दिनलाई । अन्तमा फोन राख्दै भने ल ल भोलि बिहान सोचौला अहिले लाई राम्रो सँग सुत । उसलाई थाहा छ कि म पनि एउटा खुल्ला जेलमा छु भनेर । यो देश एउटा खुल्ला जेल जस्तै थियो । आफ्नो मनले चाहादैमा केहिकुरा हुदैन्थ्यो । तैपनि म रश्मिलाई शान्त्वाना दिदै नेपाल फर्काउने आशा देखाइरहन्थे । यति बेला रश्मिको नजरमा म बाहेक अर्काे पुरुष थिएन उनको नजिकको सम्बन्ध भएको । एकदिन फेसबुकमा म्यासेज गरेकि थिइन, जँहा लेखिएको थियो–

हेलो !नमस्कार ! कति सधै तपाईलाई फोन गरेर दिक्क गर्नु । आज त तपाईलाई अनलाईनमा नबोलाएर नै म्यासेज गर्दैछु । सायद यो अन्तिम मेसेज पनि हुन सक्छ । आज मैले आफै आत्महत्या गर्ने निर्णय गरे । यो कुरा सुन्दा तपाईलाई अन्याय लाग्न सक्छ कृपया अन्याय नमानिदिनु होला । मैले आत्महत्या गर्नुको कारण त हजुरले सजिलै बुझ्न सक्नुहुन्छ नि । यदि संयोग बस मेरो घरमा पुग्नु भएछ भने सुनाइदिनुहोला मेरो कँहानी सम्पूर्ण भीर पाखाहरुलाई । अनि सुनाईदिनु ती मखमलि फूलहरुलाई,सयपत्रि फूलहरुलाई अनि सुनाइदिनुहोला मेरो दाजुको त्यो उदासिलो निधारलाई । रित्तो त्यो आमाको काखलाई ! नबराज जी, म त नेपाल बाट आएकै दिनदेखि लुट्नि थालेकि थिए मात्र एक पटकको पीडा तपाईसँग सुनाएकि थिएँ तर हजार पटक,हजारजनाबाट लुटिएँ । त्यस घरका सदस्यहरु त लुटिरहन्थे त्यति मात्र होइन त्यस घरमा आएका पाहुनाहरुलाई पनि स्वागत गरिन्थ्यो मेरो जवानीले । यसरी लुटिएको शरीर लिएर म कसरी नेपाल फर्किउँ । यहाँ नै आफूलाई अन्त्य गर्ने निर्णय गरे मैले अल विदा !

यति म्यासेज हेरेपछि म मा एक प्रकारको मौनता छायो । आफूले आफैलाई धिक्कारे सम्पूर्ण कुरा थाहा पाएर पनि अबुझ भैदिए । कारण म पनि नेपालमा हुँदा विभिन्न अभावहरुको खेती गरी एउटा ठूलो समस्याको भारी बोकेर गएको थिएँ । त्यसैले पनि केही गर्न सकिन मैलेरश्मिको लागि। रश्मि जस्ता हजारौं चेलीलाई लुटिन बाध्य बनाएको छ यो राज्यले, हजारौंको रगत पसिना खाडीमा बेच्न बाध्य बनाएको छ । यो राज्यले । सरकार ! के यसको हिसाब छ ?