विश्वको अनौठो होटलः जहाँ युवतीको शरीरमा पस्किएर खान पाइन्छ

एजेन्सी, विश्वमा अनौठा होटलहरु रहेका छन् । यस्तैमा स्पेनमा एउटा अनौठो होटल खुलेको छ । जहाँ पुग्ने ग्राहकले आफूलाई मन पर्ने युवती र युवा वेटरको नांगो जिउमा पस्किएको खानेकुरा आफू पनि नांगो भएर खान सक्छन् ।

दी इन्नेटो टेनेराइफ नामक रेष्टुरेन्टमा खान खानुअघि पाहुनाहरु निर्वस्त्र हुन सक्दछन् र त्यहाँ उत्तेजक वातावरणको सिर्जना गरिएको हुन्छ । त्यहाँ छिर्नुअघि पाहुनाहरुले आफ्ना क्यामेरा तथा स्मार्टफोन काउन्टरमै छाड्नुपर्छ । त्यसपछि उनीहरुलाई सिधै चेन्जिंग रुपमा लगिन्छ र उनीहरुले लगाएका कपडा फुकालेर स्नान वस्त्र लगाउन दिइन्छ ।

त्यसपछि पाहुनाहरु भोजनस्थल तर्फ प्रस्थान गर्दछन् । भोजनका लागि कुर्सीमा बस्नुअघि उनीहरुले जिउमा लगाएका बाँकी कपडा पनि फुकाल्छन् र निकै आत्मीय तथा उत्तेजक वातावरण आत्मसाथ गर्दछन् ।

हरेक टेबुलहरुलाई बाँसले छुट्टाइएको छ र हरेक पाहुनाहरुले आफ्नो गोपनीयता केही हदसम्म कायम गर्न पाउँछन् । यो रेष्टुरेन्टमा पस्किने मेनुमा विभिन्न यौनबर्धक भोजन छन् । अझ रोचक त के भने त्यस्ता भोजनहरु केवल पातले लाज ढाकेका वेटर तथा वेट्रेसका निर्वस्त्र जिउमा राखेर पाहुनालाई पस्किइन्छ ।