यसकारण दाहालले कार्यबाहक प्रधानमन्त्री कसैलाई दिएनन्

 साताब्यापी चीन भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यबहाकनै नदिइ प्रस्तान गरेका छन्। उपप्रधानमन्त्री द्वय बिमलेन्द्र निधि र कमल थापाबीच बरियतामा विवाद चुलिएपछि प्रधानमन्त्री दाहालले कसैलाई पनि कार्यबाहक नदिइ चीन प्रस्तान गरेका छन्। बरिष्ठता विवाद भइहरेको बेला कुनै एक जनालाई दिएमा विवादले उग्ररूप लिने भन्दै दाहालले कसैलाई पनि कार्यकारी अधिकार नदिएरै चीन गएका हुन्।

कार्यबाहक प्रधानमन्त्रीका लागि छुट्टै स्कर्टिङ गाडी राखिएको हुन्छ। तर कसैलाई पनि उपप्रधानमन्त्री नदिएकाले सबै आ-आफ्नै तरिकाले फर्किएका थिए। केही परिहालेमा उतैबाट निर्देशन दिने गरी दाहाल चीन उडेका हुन्। यसअघि वरिष्ठता विवादले ठाउँ पाएपछि दुई दिनसम्म मन्त्रिपरिषद बैठक बस्न सकेको थिएन।

प्रधानमन्त्रीले यसअघि कांग्रेस सभापति देउवा र अन्य विपक्षी दलका नेताहरूसँग पनि सल्लाह गरेका थिए। दिउँसो एमाले नेताहरूसँगको छलफलमा पनि चीन र भारतमा पनि कसैलाई कार्यबाहक नदिइकन बाहिर जाने परम्परा रहेको भन्दै कसैलाई पनि नदिएर जान सुझाएका थिए। देउवाले निधिलाई दिन सुझाव दिएका थिए।