ग्यास लिक भएर पसलमा आगजनी हुँदा २ लाख बढीको क्षति

नवराज न्यौपाने
सुर्खेत, ९ चैत्र । सुर्खेत विरेन्द्रनगर १० खजुरा स्थित गणेश बोगटीको पसलमा ग्यासँ लिक भएर आगजनि भएको छ । मंगलवार साढे चार बजेतिर एक्कासी ग्यास सिलिन्डरबाट ग्यास बाहिर आएर पसलमा आगो लागेको हो ।

आगो लागेपछि घरमा बस्ने सबै मानिसहरु हत्तारिएर भागादौड गरेका थिए । आगलागी भएको पसलमा करिब २ लाखको खाद्यान्न तथा किराना सामान जलेको पसल मालिक बोगटीले जानकारी दिए ।

पसलको काउण्टरमा नगत पैसा पनि भएको तर, कति भन्ने ऐकिन गर्न नसकिएको बोगटीले बताए । करिब २ घण्टा सम्म लागेको आगोलाई स्थानीय छिमेकीहरुको सहयोगमा नियन्त्रणमा आएको थियो । पसलमा भएको सबै सामान पुर्ण रुपमा जलेर नष्ट भएको छ ।