एक सय २४ बर्ष अघि मृत्यु भएका व्यक्तिले पुर्नजन्म लिएपछि……

काठमाडौं, भुटानी राजपरिवारमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । भुटानी महारानी वाङचुककी छोरी पट्टिका तीन वर्षिय नातील्े आफुले पुर्नजन्म लिएको बताएका छन् । ट्रुयक वाङचुक नाम गरेका तीन वर्षीया बालकले ८ सय २४ वर्ष अघि आफू भारतको नालान्दा विश्वविद्धायमा शिक्षाविद् रहेको बताएका छन् ।

उनले आफूले नालान्दा विश्वविद्धायमा अध्ययन गरेको र त्यहाँको अवस्थाको बारेमा बताएपछि २०१७ को जनवरी १ तारिखमा उनकी हजुरआमा दोर्जे वाङचुक उनलाई लिएर नालान्दा विश्वविद्धाय पुगेकी थिइन् । ट्रुयकले नालान्दा विश्वविद्धाय भ्रमणका क्रममा आफूले अध्ययन गरेका स्थलको पहिचान गरेकोसमेत भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

ती तीन वर्षका बालकले परिवारमा आफूले नालान्दा विश्वविद्धायको हरेक कुरा चिन्ने दाबी गरेपछि परिवारले उनलाई विश्वविद्धाय घुमाउन लगेको थियो । उनले त्यहाँ आफुले अध्ययन गरेको कक्षाकोठाको समेत पहिचान गरेको बताइएको छ । भुटानी महारानीले एक भिडियोमा आफ्नो नाती नालान्दा विश्वविद्धायमा पहिलो पटक आएको बताँउदै आफ्नो लागि यो एक विशेष दिन भएको बताएकी छिन् ।

उनले आफ्नो नातीको रूपमा नालान्दा विश्वविद्धायका शिक्षाविद्ले पुर्नजन्म लिएको बताउँदै विश्वकै चर्चित यो विश्वविद्धायमा आएर आफ्नो नातीले खण्डहरहरू पहिचान गरेको बताएकी छिन् । आफ्नो नातीले विश्वविद्धायको हरेक बाटो, आफुले खाना खाने गरेको स्थल सबै पहिचान गरेको उनले बताएकी छिन् ।

भुटानकी महारानीकी छोरी सोनम वाङचुकका छोराका रूपमा जन्मिएका ट्रुयक वाङचुकले भर्खर तीन वर्षमा पाइला टेकेका छन् । बालकले आफू ८ सय २४ वर्ष अघि नालान्दा विश्वविद्धायको वेरोचना नाम गरेको शिक्षाविद् भएको बताएका छन् । यतिबेला यो खबर भारतीय टेलिभिजन च्यानलहरूमा यो खबर हट केक बनेको छ ।